पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुनमा राष्ट्रियस्तरको प्रथम दिदीबहिनी कप महिला भलिबल हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुनमा राष्ट्रियस्तरको प्रथम दिदीबहिनी कप महिला भलिबल हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदी"/>
2026-07-25 07:17 AM
खेलकुद

पर्वतमा प्रथम दिदीबहिनी कप भलिबल प्रतियोगिता हुने

पर्वत जिल्लाको सदरमुकाम कुश्मामा आगामी फागुनमा राष्ट्रियस्तरको प्रथम दिदीबहिनी कप महिला भलिबल हुने भएको छ । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । कुश्मा बजारमा हुन् लागेको बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सवकै अवसरमा हुन् लागेको दिदीबहिनी कप भलिबल आगामी फागुन २४ देखि २८ गतेसम्म हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालको चर्चित ५ महिला टोली र एक आयोजक गरी ६ टोलीको सहभागिता रहने छ । नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल सघको प्राबिधिक सहयोगमा हुने प्रतियोगितामा एक आयोजकसहित तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिम रहने छ । प्रतियोगिताको विजेताले ट्रफी तथा नगद १ लाख पुरस्कार जित्नेछन् । त्यस्तै उपविजेताले ६० हजार तथा तेस्रो हुनेले ४० हजार पाउने छन् । यस्तै उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन भने व्यक्तिगत बिधातर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, क्वीकर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले जनही ३ – ३ हजार पुरस्कार पाउने छन् । अनुमानित १५ लाख खर्च हुने प्रतियोगिताको खेल हेर्नको लागि दर्शकलाई ५० र ७५ रुपैयाको टिकट राखिएको छ ।कार्यक्रममा बोल्दै आयोजक रेडियोका अध्यक्ष तथा सांसद कल्पना चापागाईले नेपालको जुनसुकै क्षेत्रमा पनि भलिबल खेल खेल्न सकिने र महिलाहरु पनि खेल्न सक्षम छन् भन्ने सन्देश दिन प्रतियोगिता आयोजना गर्न लागेको बताइन । कार्यक्रममा सासद तथा मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष बिनोद श्रेष्ठ, नेपाल भलिबल सघका महासचिव जितेन्द्र चन्द, भलिबल संघका उपाध्यक्ष रन्जन खड्का लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक