माघ २३, बिर्तामोड । मोफशलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २३, बिर्तामोड । मोफशलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी"/>

2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदै


माघ २३, बिर्तामोड । मोफशलकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता दोस्रो रमपम झापा गोल्डकपको फाइनल खेल सोमबार हुँदैछ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी प्रतियोगिताको उपाधिका लागि आयोजक टोली रमपम झापा–११ र यो सिजनकै सर्वाधिक सफल मानिएको मनाङ मस्र्याङ्दी फुटबल क्लब मैदान उत्रिदैछन् । 

घरेलु टोली झापा–११ ले शुक्रबारको पहिलो सेमिफाइनल खेलमा हिमालयन शेर्पालाई ४–०  गोलअन्तरले पन्छाउँदै अन्तिम दुईमा आफ्नो स्थान सुरक्षित गरेको थियो । मनाङले भने शनिबारको अन्तिम सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको हो । यी दुबै टोलीले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरिसकेका छन् । र, उपाधि उचाल्ने लक्ष्यका साथ सोमबार भिड्न लागेका हुन् ।

डिफेन्डिङ च्याम्पियन आर्मी यसपटक सेमिफाइनलबाटै घर फर्किएपछि आफ्नो टिमलाई केही सहज महसुस भएको झापा–११ का कप्तान प्रवेश कटुवालले बताए । ‘फाइनलमा मनाङसँगै भेट होस् भन्ने हामी पनि चाहन्थ्यौँ,’ आइतबार रङ्गशालामा आयोजित प्रि–म्याच कन्फरेन्समा प्रवेशले भने, ‘आर्मी शारीरिक रुपमा बलियो टोली थियो । मनाङ र हामी (झापा–११) टेक्निकल्ली बलियो छौँ ।’

गत वर्षको झापा गोल्डकपमा घरेलु टोली झापा–११ आर्मीसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो । ‘गत वर्षको हारको पीडा भुलाउन यसपटक जीतको विकल्प छैन,’ प्रवेशले भने । झापा–११ फाइनलमा ४–३–३ को पोजिसनमा मैदान उत्रिने उनले जानकारी दिए । टिमवर्क नै झापा–११ का लागि जित्ने आधार भएको बताएका उनले सबै खेलाडी फाइनल भिड्न तयार रहेको प्रतिक्रिया दिए । 

मनाङका प्रशिक्षक छिरिङ गुरुङले आफ्नो टिम यो सिजनमा सशक्त रहेको दाबी गरे । गत वर्षको झापा गोल्डकपको सेमिफाइनलमा मनाङ आर्मीसँग पराजित भएको थियो । यसपटक सेमिफाइनलमै आर्मीलाई हराउँदै मनाङले बदला लियो । आर्मीलाई पाखा लगाएपछि उपाधि जित्नेमा आफूहरु ढुक्क रहेको प्रशिक्षक गुरुङ बताउँछन् । उद्दपि, उनले फाइनल खेलका लागि टिमको रणनीति भने सुनाउन चाहेनन् । ‘हाम्रो रणनीतिसँगै केही खेलाडी पनि फेरिन सक्छन्,’ उनले भने । टोली मजबुत रहेसँगै टिमवर्क पनि राम्रो हुनु नै उपाधि उचाल्ने आधार भएको उनको भनाई छ । प्रशिक्षक गुरुङले विक्रम लामा र रोहित चन्द आएपछि मनाङ झनै बलियो भएको बताए । 

अघिल्लो सिजनमा झापा र मनाङ २ पटक आमने–सामने भएका थिए । दुईवटै भिडन्तमा मनाङले बाजी मारेकाले मनोबल उच्च रहेको गुरुङ बताउँछन् । उनले झापा–११ को मिडफिल्डको भने तारिफ गरे ।

यसअघि झापा र मनाङको भेट ६ पटक भइसकेको छ । जसमा मनाङले ४ खेल जित्दा झापाले २ वटा मात्र जीत निकाल्न सकेको थियो । एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई