२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जुम्लामा एथ्लेटिक्स खेल प्रति विद्यार्थीको मोह बढ्यो, एक पछि अर्को सफलता

२०७३, १७ फाल्गुन मंगलवार ०६:१४

नन्दराम जैशी | फागुन १७, जुम्ला | जुम्ला जिल्लाका विद्यालय स्तरका विद्यार्थीहरुमा एथ्लेटिक्स खेल प्रतिको मोह बढ्दै गएको छ । जुम्लाका एथ्लेटिक्स खेलाडिहरुले एक पछि अर्को गर्दै सफलता पाईरहदा विद्यार्थीहरुमा पनि यसको मोह बड्दै गएको हो । अहिले कर्णाली स्पोट्स क्लबसंग आवद्ध ३० जना खेलाडिहरुमा २५ जना विद्यालयमा अध्ययन गर्ने  विद्यार्थीहरु रहेका छन् । भने ४ जना उच्च मा वि मा अध्ययन गर्ने खेलाडिहरु रहेका छन् । जसमा ९ वर्ष देखी माथि र २५ वर्ष मुनीका खेलाडिहरु रहेको कर्णाली स्पोट्स क्लब जुम्लाले जनाएको छ ।

विगत ३ वर्ष देखी क्लबसंग आवद्ध चन्दननाथ नगरपालिका १ कि अन्जना न्यौपानेले भविष्यमा गएर ठुलो खेलाडि बन्ने ईच्छा ब्यक्त गर्नुभयो । चन्दननाथ मावि खलंगामा कक्षा ९ अध्ययनरत १२ वर्षीय न्यौपानेले आफ्नो खेलको माध्यमबाट जिल्लाको नाम विश्वमा चिनाउने एक मात्र सपना रहेको सुनाउनु भयो । यस्तै गोठिचौर २ कि कृति बस्नेतलाई रेडियोबाट आफुसंगै प्रशिक्षण लिएका दाई दिदीहरुको नाम सुन्दा आफु पनि त्यो स्थान सम्म पुगेरै छोड्ने आत्मविस्वास आएको बताृनुभयो ।

उहाँ भन्नुहुन्छ: विगत ४ वर्ष देखी पढाई संगै यसमा लागि रहेकी छु । आशा छ एक दिन । अवश्य आफ्नो लक्ष्यमा पुगेरै छोड्छु । क्लबका सबैभन्दा कान्छी खेलाडि ९ वर्षीय निरु रावलले जिल्ला तथा क्षेत्रिय स्तरमा विभिन्न प्रतियोगितामा भाग लिईसक्नु भएको छ । जुम्ला जिल्लामा दक्ष खेलाडि उत्पादन गर्ने उद्देश्यले २०६४ सालमा स्थापना भएको क्लबले थुप्रै खेलाडि समेत उत्पादन गरिसकेको छ । कर्णाली स्पोट्स क्लब र प्रशिक्षक हरी बहादुर रोकायासंग प्रशिक्षण लिएका दीर्ग बुढा ईन्डियन लाहुरे भएका छन् । भने विश्वरुपा बुढा, विष्णुमाया बुढा लगायातका खेलाडिहरु नेपाल आर्मीमा आवद्ध  भईसकेका छन् ।

पछिल्लो समय कर्णाली स्पोट्स क्लब संग आवद्ध सुनमाया बुढा, पुर्णलक्ष्मी न्यौपाने, सिता न्यौपाने त्यस्तै मन्जु रावत, अमृता भण्डारी, नरेश बुढा, दिपेन्द्र बहादुर बम, मधुराज न्यौपाने तथा लोक बहादुर भण्डारी लगायातका खेलाडिहरुले देश तथा विदेशमा हुने प्रतियोगितामा विशिष्ट स्थान हासिल गरिरहेका छन् । खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा जुम्ला जिल्लाको नाम चिनाएका खेलाडिहरुको खेलको मुल्यांकन हुन नसकेको खेलप्रेमीहरुले बताउने गरेका छन् । जिल्लास्थित सरोकारवाला निकाय जिविस, नगरपालिका र जिल्ला खेलकुद विकास समितिबाट संस्थागत सहयोग र सहानुभुति पनि नपाईएको खेलाडिहरुको दुखेसो रहेको छ ।

कर्णाली स्पोट्स क्लबको मुख्य स्रोत विभिन्न प्रतियोगिता जितेका खेलाडिहरुले प्रदान गर्नेे २५ प्रतिशत सहयोग मात्रै रहेको अध्यक्ष सरोज शाहीले बताउनु भयो । पहिलेको तुलनामा अहिले कर्णाली स्पोट्स क्लबमा एथ्लेटिक्सको प्रशिक्षण गर्न आउनेहरुको संख्यामा बृद्धि भईरहेको क्लबले जनाएको छ । आवश्यक जनशक्ति रक्त खेल मैदानको अभावका कारण एथ्लेटिक्स प्रशिक्षण गर्न चाहनेहरुलाई समेत समाबेश गर्न नसकिरहेको क्लबका अध्यक्ष शाहीको भनाई रहेको छ । 

क्लवमा आवद्ध नयाँ तथा पुराना खेलाडिहरुले विहान र साझँ दुई पटक प्रशिक्षण गरिरहेका छन् । उता विद्यार्थीहरुको सपना साकार गराउने जिम्मा एथ्लेटिक्सका प्रशिक्षक हरि बहादुर रोकायालाई छ । हाल विद्यार्थिहरु प्रत्येक दिन जुम्ला बजार नजिकै रहेको राझाँसिममा जम्मा हुने गर्छन् । गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम लेखाउन सफल धावक रोकायाले उनीहरुलाई प्रशिक्षण गराईरहनु भएको छ । जुम्ला जिल्लाको खेल क्षेत्रको सस्थागत विकास गरी खेल पेशालाई व्यवसायीकरण गर्न जिल्लास्थित सम्पुर्ण सरोकारवालाहरुको भुमिका महत्वपुर्ण रहेकोमा खेलाडिहरुले जोड दिएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस