2026-07-24 10:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नुवाकोटमा प्रशिक्षक र खेलाडीमाथि प्रतिबन्ध किन लगाइयो ?

बैशाख २६, नुवाकोट । जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगितामा रेफ्री र लायन्सम्यानलाई आक्रमण गर्ने देवीघाट जालपा युवा क्लब र त्यसमा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ जरिवाना तोकिएको छ । 

चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा आक्रमणमा उत्रिएको देवीघाट जालपा क्बल र त्यसका प्रशिक्षक विनोद चित्रकार तथा खेलाडीहरु राजाराम चित्रकार र नवीन चित्रकारलाई दुई वर्षसम्मको प्रतिबन्ध र रु १५ हजार तिराउने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० नुवाकोटका महासचिव विष्णुप्रसाद चालिसेले जानकारी दिनुभयो । 

एन्फा नुवाकोटको बैठकले वैशाख १३ गते भएको खेलमा अनुशासनहीन काम गरेको भन्दै क्लब, प्रशिक्षक र खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ तिराउने निर्णय गरेको जनाएको छ । 

खेल सञ्चालनको समयमा मर्यादा विपरीत क्रियाकलाप गर्ने देवीघाट जालपाका समर्थक विकास चित्रकार, राकेश चित्रकार, नवीन चित्रकार, अरुण चित्रकार र विक्रम थापामगरमाथि समेत कारबाहीको माग एन्फाले गरेको छ । 

क्वाटरफाइनलको खेलमा चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा देवीघाट जालपाले प्रहार गरेको बल गोलमा परिणत भए पनि रेफ्री सहदेव श्रेष्ठले अफसाइड दिएपछि गोलको माग गर्दै प्रशिक्षक र खेलाडी विवादमा उत्रिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक