2026-11-27 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपीएलको यात्रा टुंग्याएपछि विराटनगरका प्रशिक्षक केभिन: परिस्थितिलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भयौँ

काठमाडौँ | विराटनगरका किंग्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जितनजिक पुगेर पनि खेल गुमाउनु परेकाले प्लेअफमा पुग्न असफल भएको बताएका छन्।

काठमान्डु गुर्खाजसँग हार बेहोर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजन यात्रा टुंग्याएपछि प्रशिक्षक केभिनले पत्रकारसाग कुरा गर्दै परिस्थितिलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भएको बताएका हुन्।

उनले कठिन परिस्थितिमा सही निर्णय लिन पनि समस्या भएको उल्लेख गरे। बलिङ, ब्याटिङ र फिल्डिङमा पनि शत शप्रतिशत इफोर्ट लगाउन नसकेको उनको भनाइ छ। उनले पहिलो ३-४ खेलमा ब्याटिङमा पनि आफ्नो टोलीले संघर्ष गर्नुपरेको उल्लेख गरेका छन्। विकेट बुझ्न विदेशी खेलाडीका लागि गाह्रो परेको उनको बुझाइ छ।

कप्तान सन्दीप लामिछानेले विकेट लिन नसक्दा पनि टोलीमाथि दबाब परेको हो भन्ने प्रश्नमा उनले एउटा बलरलाई मात्र दोष दिन नहुने र पछिल्ला खेलमा सन्दीपले पनि राम्रो गरेको उल्लेख गरे।

केही खेलाडी विराम हुँदा पनि समस्या परेको उनको भनाइ छ। उनले प्रतियोगिता छोटो रहेकाले फर्ममा नरहेका खेलाडीको लयमा फर्किन पनि समय लागेको बताएका छन्। सन् २०१८ मा एभरेस्ट प्रिमियर लिग खेल्न आउँदाको समयभन्दा अहिले धेरै राम्रो घरेलु खेलाडीहरू रहेको उनी बताउँछन्। उनीहरूको प्रदर्शनमा पनि धेरै विकास आएको उनको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ सुन र चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइ हुने असमान सन्धि खारेज गर्छौँ, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव