Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-06-25 01:30 AM
खेलकुद

खेलकुद मन्त्रि केसीद्धारा आइटिएफ र डब्लूटिएफ तेक्वान्दो एक हुन सुझाव

2017-08-07

नेपालमा आइटिएफ तेक्वान्दो संस्थागत रुपमा स्थापना भएको २० बर्ष पुरा भएको छ । २० औं बर्षगाठको विषेश अवसरमा आइतबार आयोजित समारोहको युवा तथा खेलकुद मन्त्रि राजेन्द्र बहादुर के।सीले उद्घाटन गर्नु भयो ।
समारोहलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्रि के।सीले मार्शल आर्टसको क्षेत्रमा आइटिएफ तेक्वान्दोको सक्रियता महत्वपूर्ण देखिएको बताउदै आइटिएफ र डब्लूटिएफ तेक्वान्दोको एकतामा जोड दिनु भयो । यो दुई खेलको एकताका लागी आफुले सहयोग गर्न   चाहेको र आवश्यक परेको खण्डमा सहजीकरण समेत गर्ने बताउनु भयो ।
राष्ट्यि खेलकुद परिषदमा निष्क्रिय रहेका संघहरु खरेजीको प्रक्रियमा अगाडी बढाउने उहांले बताउनु भयो । काम न काजका संघहरुको भारी बोक्नु आवश्यक छैन । बिदेशमा नामै नसुनिएका खेलका संघहरु नेपालमा रहेको पाइएकाले दर्ता भएका संघहरु अध्ययन गरिरहेको मन्त्रि के।सीले बताउनु भयो । खेलकुदको विकासका लागी सबै एक ठाउंमा रहनु पर्ने बताउदै उहांले अन्तराष्ट्यि जगतमा देशको नाम चिनाउन नेपाली खेलाडीहरुले देखाएको सक्रियता र प्राप्त गरेको सफलताको प्रशंसा गर्नु भयो ।
सो अवसरमा मन्त्रि के।सीले नेपाल आइटिएफद्धारा घोषणा गरिएको बर्षका उत्कृष्ठ खेलाडी, प्रशिक्षक तथा जिल्ला संघलाई सम्मान र मृगौला पिडित खेलाडीलाई राहात प्रदान गर्नु भयो । सम्मानित खेलाडीहरुमा पुरुष तर्फ नेपाल आर्मिका पूर्ण बहादुर मगर, महिला उत्कुष्ठ खेलाडी तर्फ भक्तपुरकी सोनी खड्का, उत्कृष्ठ प्रशिक्षक तर्फ बागलुङका घम बहादुर थापा रहेका छन । यसै गरी पश्चिमान्चलको नवलपराशि उत्कृष्ठ जिल्ला संघको रुपमा पुरस्कृत भएको छ । यसै गरी दुवै मृगौलाबाट ग्रस्त पाल्पाका प्रशिक्षक सुरज थापालाई नगद ५० हजार राहत सहयोग गरिएको थियो ।
नेपाल आइटिएफका अध्यक्ष अन्जन धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसद प्रकाश शर्मा पौडेल, राखेप सदस्य अर्जुन के।सी, बरिष्ठ अधिकृत कमल खनाल, धु्रब घिमिरे लगायतले शुभ कामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । मुख्य प्रशिक्षक अन्जुनाथ श्रेष्ठको स्वागत र कोषाध्यक्ष बासुदेव भट्टको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक