2026-09-19 01:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी फुटबल प्रतियोगिता सम्पन्न, उपाधी एनआरए बेलौरीले जित्यो

भदौँ १७, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा खुला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

अलस्टार क्लब बेल्डाँडीले सुदूरपश्चिमेलीहरुको महान गौरापर्वका अवसरमा आयोजित फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।  प्रतियोगिताको उपाधी एनआरए बेलौरीले जितेको आयोजकले जनाएको छ । अन्तिम दुई टिम एनआरए बेलौरी र हिमसागर युवा क्लब झिलमिला भिडेका थिए । अलस्टार क्लब बेल्डाँडीका अध्यक्ष चेत बहादुर शाहले एनआएर बेलौरीले हिमसागर युवा क्लब झिलमिलालाई २–१ले हराउदै बेलौरीले उपाधी चुमेको हो । 

 अलस्टार यूवा क्लब बेल्डाँडीका अध्यक्ष चेत बहादुर शाहले प्रथम हुने टिमलाई २५ हजार, द्धितियलाई १५ हजार सहित ट्रफी प्रदान गरिएको बताए ।  अध्यक्ष शाहले उत्कृष्ट खेलाडी, गोलकिपर, सर्वाधिक गोल हान्ने खेलाडीलाई पुरस्कारका साथै हरेक खेलमा ‘म्यान अफ दि म्याच’को व्यवस्था गरिएको बताए । 

फुटबल प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अथिति नेकपा माओवादी केन्द्रका नेतृ बिना मगरले पुरस्कार प्रदान गर्दै धन्यवाद दिए ।  प्रतियोगिता सहभागिताका लागि प्रति टिम ४ हजार, १ सय रुपैया निर्धारण गरिएको थियो । प्रतियोगिता पुर्ण सफल भएको समेत आयोजकले दावि गरेको छ । बेल्डाँडीमा विकासप्रेमी युवा एकेन्द्र बहादुर शाहले प्रतियोगिताबाट ग्रामीण क्षेत्रको खेलकुदमा विकामा टेवा पुगेको बताए । 

‘सुदूरपश्चिमको लोक संंस्कृति संरक्षणका लागि समेत प्रतियोगिता लाभदायक हुन्छ, ‘उनले भने, ‘यसबाट गौराका दर्शकपनि खेलको मनोरन्जन पाएका छन् ।’ क्लबका सल्लाहकार मिन बहादुर शाहले युवाहरुलाई खेल क्षेत्रमा जोगाउनका लागि फुटबल प्रतियोगिताले टेवा पुग्ने बताए । 

प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो । आगामी दिनमा समेत प्रतियोगिता झन प्रभावकारी बनाउदै लैजाने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिता सम्पन्न गर्नमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने महानुभावले धन्यवाद समेत दिएको छ । गौरासंगै फुटबल प्रेमीले भरपुर मनोरन्जन लिएका थिए । 

दक्षिणी क्षेत्रको खेलकुदको विकास गर्छु: बिना 

नेकपा माओवादी केन्द्रकी पोलिट्ब्यूरो सदस्य एव महिला नेतृ बिना मगरले दक्षिणी क्षेत्रको खेलकुदको विकास गर्ने बताउनुभएकी छिन् ।  अल स्टार क्लबले बेल्डाँडीमा आयोजना गरेको फुटबल प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अथिति समेत रहेकी माओवादी नेतृ बिनाले यस्तो  बताएकी हुन् ।

बिनाले दक्षिणी क्षेत्र बेल्डाँडी, बेलौरी, पुनर्वास, लालझाँडी लगायत समग्र ७ नम्बर प्रदेशकै खेलकुद क्षेत्र सुधारमा जोड्दिदै आफुले यस क्षेत्रको समग्र विकास लगायत खेलकुदको विकास गर्र्नेमा विश्वास समेत व्यक्त गरिन् । ‘मेरो यहाँ जन्मभूमी हो, ‘उनले भनिन्, ‘यस क्षेत्रको विकास नगरेर मलाई सुखै छैन् ।’ आफुलाई यस क्षेत्रका खेलाडीले उच्च शिखर चुप्ने विश्वास रहेको बताउदै खेलकुदमा मेहनत गर्न समेत सुझाव दिईन् । 

खेल क्षेत्र राष्ट्रकै पहिचान भएकाले खेलकुदबाटै देशैको अन्र्तराष्ट्रियस्तरमा पहिचान बन्ने भन्दै नेतृ बिनाले अनुशासित, लगनशील भएर खेल क्षेत्रमा होमिन समेत युवालाई आब्हान गरिन् । 

विस २०७० सालमा दोस्रो संविधान सभा निर्वाचनमा क्षेत्र कञ्चनपुर क्षेत्र नम्बर १ बाट पराजित माओवादी नेतृ बिनाले दक्षिणी क्षेत्र लगायत ७ नम्बर प्रदेशको विकासमा अतुलनिय भूमिका निर्वाह गरेको स्थानीयले बताएका छन् । बिनाले समग्र कञ्चनपुर लगायत ७ नम्बर प्रदेशकै सम्बृद्धिका लागि अघि बढ्नुपर्नेमा स्थानीयले आस गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो