2026-07-25 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

शिलदेवी मेलाको अबसरमा बझाङमा खुल्ला भलिवल प्रतियोगिता हुने

मकरराज धामी/असोज २, बझाङ । बझाङ जिल्लाको सबै भन्दा प्रशिद्ध मेला शिलदेवीको अवसरमा खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । बझाङ उद्योग बाणिज्य संघकोे आयोजनामा यहि असोज १८ गते महीला पुरुष खुल्ला भलीबल प्रतियोगिता र डेउडा प्रतियोगिता हुने भएको छ । 

भलीबल प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई एक लाख एक हजार ( १,०१०००) द्धितिय एकहत्तर हजार ( ७१,०००) तोकीएको बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बताए । पुरुषका लागी टिम दर्ता शुल्क ५००० तोकीएको छ भने महीलाको हकमा २००० तोकीएको छ ।  बझाङ जिल्लाको अहिले सम्मकै ठुलो धन राशिको पुरस्कारको ब्यावस्थाका साथ खेल सन्चालन गरीन लागीएको उहाँको भनाई छ । 

यस्तै महिला खुल्ला भलीबल प्रतियोगिताका लागी भने प्रथम पुरस्कार  २०,०००, द्धितिय १५,०००, र तृतिय १०,००० रहेको छ । सिलदेवि मेलाको अवसरपारी खुल्ला देउडा प्रतियोगितको आयोजना समेत गरीएको उद्योग बाणिज्य संघले जनाएको छ । जस अनुसार डेउडा प्रतियोगितामा भाग लिन चाहाने डेउडा खेलाडीहले नाम दर्ता गराउन ५००  ताकीएको छ । देउडा प्रतियोगितामा प्रथम हुनलाई १५ हजार, द्धितीय लाई १० हजार र तृतीय हुनेलाई भने ५ हजार पुरस्कारको ब्यावस्था गरीएको छ । 

कोजाग्रत पुर्णिमाको दिनबाट सुरु हुने यो मेला ३ दिन सम्म चल्ने गर्दछ । एघारौं शताब्ती तिर दुर्गा देवी की १६ बहिनी मध्य सुर्मा देवी सुर्मा सरोवर जाने क्रममा चैनपुर आएको र चैनपुरका जोख्या थापालाई काक्रो माग्दा नदिए पछि आफ्नो दिब्य शक्तीले सेती नदी र बाहुलीगाड खोलाको बहाब बढाई चैनपुर बगाइ दिएको किवंदन्ती रहेको छ । 

किवंदन्ती अनुसार कोजाग्रत पुर्णिमाको दिन भएको सो घटना चैनपुर उपत्यकाको विच भागमा रहेको ढुङगामा बसेर सुर्मा देवीले रमाइलो मानि हेरेकोले सोही ढुङ्गा (शिल) लाई यहाका मानिसले मन्दिर बनाई पुजा गर्ने गरेका हुन । त्यही दिनको सम्झनामा रमाइलोको लागी प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाको दिन मेला लाग्ने गरेको बझाङ जिल्लाको धार्मिक इतिहासका अध्येता विण्णु भक्त शास्त्री बताए । 

शास्त्रीका अनुसार पछि सोह्रौ शताब्दी तिर बझाङी राजा गजराज सिंहले यो मन्दिरलाई अझ भब्य वनाउन लगाएको र मेलालाई पनि थप व्यवस्थित तथा आर्कषक बनाउन उनले पहल गरेका हुन । मेलाको दिन आएर शिलदेवीको दर्शन गरेमा पुण्य प्राप्त हुने र इच्छित बर प्राप्त हुने भएकाले यो मेलाको महत्व अझ बढेको शास्त्रीको भनाई छ । 

मेला हेर्नका लागी बझाङ लगायत सुदुर पश्चिमका विभिन्न जिल्लाबाट दर्शनार्थीहरु बझाङ सदरमुकाम आउने गर्दछन । मेलाको अवसर पारेर यहाका विभिन्न संघ संस्थाले विभिन्न खालका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि आयोजना गर्ने तयारीमा लागेका उद्योग बाणिज्य संघल जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ