ललित बोहरा/असोज ७, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसको घट्दै गईरहेको शाख जोगाउन आयोजित प्रदेश नं. ७ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज उद्घाटन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असोज ७, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसको घट्दै गईरहेको शाख जोगाउन आयोजित प्रदेश नं. ७ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज उद्घाटन "/>

2026-07-25 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको वाणिज्य राज्यमन्त्री चन्दद्वारा उद्घाटन


ललित बोहरा/असोज ७, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसको घट्दै गईरहेको शाख जोगाउन आयोजित प्रदेश नं. ७ स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज उद्घाटन गरिएको छ ।

डडेल्धुरा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्धारा आयोजित प्रदेश स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको वाणिज्य राज्य मन्त्री नर बहादुर चन्दले उद्घाटन गरेका हुन् ।

वाणिज्य राज्य मन्त्री चन्दले स्ववियु सभापति जगत बहादुर ऐरलाई बल हस्तान्त्ररण गरि प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी राज्य मन्त्री चन्दले खेलले मान्छेलाई स्वस्थ अनि तन्दुरस्त बनाउने भन्दै सुदूरपश्चिको पहाडी जिल्लाको लोक प्रिय भलिबल खेलको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका छन् ।

उनले यस्ता किसिमका प्रतियोगिताहरु आगामी दिनमा पनि आयोजना गर्नु पर्ने धारण व्यक्त गरेका छन् । साथै उनले कार्यक्रमको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गरेका छन् ।

क्याम्पस प्रति साकारात्मक धारणाको विकास गर्न खेलकुद प्रतियोगिताको आयोजना गरिएको स्ववियु सभापति जगत बहादुर ऐरले बताएका छन् । पछिल्लो समय आकर्षण घटिरहेको डडेल्धुरा बहुमुखी क्याम्पस लाई भलिबल प्रतियोगिता मार्फत चिनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति ऐरले बताएका छन् ।

उक्त खुल्ला पुरुष भलिबल प्रतियोगिताका खेलहरु भोली देखि १० गते सम्म डडेल्धुरा बहुमुखी क्याम्पसको किर्तिपुर स्थित छात्रावास खेलमैदानमा प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रदेश नं. ७ का विभिन्न जिल्लाका १० वटा टिमहरुको सहभागिता रहेको स्ववियु सभापति ऐर बताएका छन । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगदका साथै ट्रफि पनि प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै वेष्ट प्लेयरलाई दुई हजार पाँच सय र विधागत रुपमा एक हजार पाँच सयका दरले पुरुस्कार प्रदान गरिने जनाईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक