2026-09-19 06:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दार्चुलामा जारी टी-ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताका खेलहरु जारी

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । बिजयादशमी २०७४ को अवसरमा शान्तिद्धिप युवा क्लब असिगडाले महाकाली नगरपालीका ७ धापमा आयोजना गरेको खुल्ला आमन्त्रण टि ट्वान्टि क्रिकेट प्रतियोतितामा बुधबारसमेत ३ ओटा खेलहरु सम्पन्न भएका छन । 

बुधबार दत्तु किलर भर्सेज प्रयास युवा समाज धम्पनेरा ए टिम, दत्तु टाइगरस भर्सेज श्रिबगड र किम्तडि करेन्ट भर्सेज प्रयास युवा समाज धम्पनेरा बि बिच तिनओटा खेलहरु सम्पन्न भएका हुन । दत्तु किलर र प्रयास युवा समाज धम्पनेरा ए टिमबिच भएको खेलमा धम्पनेरा ए ४० रनले बिजयि भएको छ । धम्पनेराले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याउँने क्रममा दत्तु किलर १ सय ४ रनमा सबै विकटे गुमाएपछि धम्पनेरा ए बिजयि भएको हो । 

यस्तै दत्तु टाइगरलाइ हराउँदै श्रिबगड १५ रन अन्तरले बिजयि भएको छ । श्रीबगडले दत्तुलाइ दिएको १ सय ७५ रनको लक्ष्य पुरा गर्ने क्रममा दत्तु १ सय ५९ रनमै समेटिएको छ । बुधबारको तेस्रो खेलमा किम्तडि करेन्टर्ला हराउदै प्रयास युवा समाज धम्पनेरा बि टिम विजयी भएको छ । धम्पनेरा २६ रन अन्तरको विजयी भएको हो । धम्पनेरा बि टिमले दिएको १ सय ५१ रनको लक्ष्य पुरा गर्ने क्रममा किम्तडि १ सय २४ रनमै समेटियो ।

यसैगरी अपि हिमाल गाउँपालिकाको खात्तीमा भइरहेको टि ट्वान्टी क्रिकेट प्रतियोगिता पनि आज ३ वटा खेल सम्पन्न भएका छन् । जसअनुसार पहिलो खेल खत्तोली र अपि नाम्पा पर्यटन विकास क्रिकेट टिम बीच भएको खेलमा अपि नाम्पा पर्यटन विकास क्रिकेट टिम विजयी भएको छ । पहिले व्याटिङ गरेको खत्तोली ९६ रनम समेटिएको थियो । उक्त लक्ष्य पर्यटन विकास क्रिकेट टिमले ११ ओभरमै भेट्टयो । 

पर्यटन विकास क्रिकेट टिमको लागि गौरब बोहरा म्यान अफ द म्याच घोषित भए । यस्तै दोस्रो खेल घाजिर र नौपाटा बीच भएको खेलमा नौपाटा विजयी भएको छ । पहिले व्याटिङ गरेको घाजिर १४ दशमलव २ ओभरमा ५७ रनमै सबै विकेट गुमायो भने जवाफी व्याटिङमा उत्रिएको नौलो विहानी नौपाटाले १० ओभरमै जीत हासिल गरयो नौपाटाको लागि योगेश ठेकरे म्यान अफ द म्याच घोषित भएका छन् । 

त्यस्तै तेस्रो खेल छविस र न्यू नाम्पा घुसा बीच भएको छ । पहिले व्याटिङ गरेको छविसले २० ओभरमा १ सय ६४ रनको लक्ष्य दिएकोमा घुसार १८ ओभरमा ८४ रनमै समेटियो । छविसको लागि लक्की कार्की म्यान अफ द म्याच घोषित भएका छन् ।

सनराइज युवा क्लव खण्डेश्वरीको आयोजनामा भइरहेको क्रिकेट खेलमा जम्मा २२ ओटा टिमले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई