2026-10-15 08:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उषा बालबाटिकालाई प्याप्सन कप क्रिकेटको उपाधि

पुस १७, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्याप्सन कप टि–ट्वेन्टी क्रिकेटको उपाधि उषा माध्यामिक विद्यालयले हात पारेको छ । 

निकै रोमाञ्चक बनेको फाईनल खेलमा सुर्खेत होराईजन एकेडेमीलाई १५ रनले हराउँदै उषाले सन्सनीपूर्ण जित हासिल गरेको छ ।

स्थानीय कालुङचोक मैदानमा टस जितेर पहिले व्याटिङ गरेको उषाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८५ रन बनाएको थियो ।उषाका लागी प्रबेश खानले १७ र दिपक थापाले १५ रन बनाउँदा होराईजनका सुमित माझी,ज्ञानबहादुर मास्की र पुष्पराज सुवेदीले २÷२ विकेट लिए ।

जवाफमा ८६ रनको लक्ष्य पछयाउँदै व्याटिङ गरेको होराईजनले निर्धारित ओभरमा ७ विकेट गुमाएर ६७ रनमा समेटिएको हो । उषाका दिपक थापा र सरोज कोईरालाले २÷२ विकेट लिन सफल भए ।बलिङमा उत्कृष्ठ प्रर्दशन गरेर सामान्य स्कोरको अवस्थामा रोक्न सफल भएपनि व्याटिङमा जम्न नसक्दा होराईजन नतिजा सुम्पन बाध्य भयो ।

खेलमा अन्तिमतिर ३० बलमा ३५ रन चाहिएपनि होराईजनका व्याट्स म्यानलाई उषाका बलरले खुलेर खेल्न नदिदा खेल आफनो पक्षमा पार्न सफल भयो ।फाईनलमा म्यान अफ दि म्याच उषाकै दिपक थापा भए । 

प्रतियोगितामा बिजेता र उप–बिजेता टिमलाई यही २४ गते प्याप्सन डे को अवसरमा ट्रफि,मेडल र प्रमाणपत्र दिईने प्याप्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले बताए ।

यस्तै बेस्ट व्याट्स म्यान, बलर र म्यान अफ दि सिरीजलाई पनि २४ गते ट्रफि प्रदान गरिने उनको भनाई छ । यस्ता प्रतियोगिताले सुर्खेतको क्रिकेटको बिकासमा महत्वपूर्ण टेवा पुग्ने जिल्ला क्रिकेट संघका सचिव प्रकाश भुषालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने