Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ १२ गते, दिउँसो १२:२७ बजे खेलकुद, बैतडी - BTD

देहिमाण्डौँलाइ ६ विकेटले स्तब्ध पार्दै, खलंगा च्याम्पियन

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

माघ १२, बैतडी | बैतडीमा सम्पन्न मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका–४, खलंगाले हात पारेको छ ।

बुड्डा बाजे क्रिकेट मैदान, रातामाटामा बिहीबार भएको उपाधि भिडन्तमा दशरथचन्द नगरपालिका–२, देहिमाडौँलाई ६ विकेटले स्तब्ध पार्दै उपाधि रक्षा गरेको हो ।

टस हारेर ब्याटिङ्को निम्ता पाएको देहिमाण्डौँ १९ दशमलव १ ओभरमा १३७ रनमा समेटियो । गजेन्द्र बोहराले ३३, ऋषिकेश बोहराले २८ तथा खडक बोहराले २५ रनको योगदान गरे । खलंगाका प्रदीप चन्द र हरिश कार्कीले समान तीन÷तीन विकेट हात पारे । १३८ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रेको खलंगाले १८ दशमलव ३ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

म्यान अफ द फाइनल भएका सुरज बोहराले नटआउट ६६ रनको योगदान गरे । राजु भाटले २० तथा हरिश कार्कीले १७ रन बनाए । देहिमाण्डौँका ऋषिकेश बोहरा, गजेन्द्र बोहरा र सुरेन्द्र बोहराले समान एक÷एक विकेट हात पारे ।

उपाधि विजेता भएसँगै खलंगाले नगद रु ५० हजार पुरस्कार प्राप्त परेको छ भने उपविजेता देहिमाण्डौँले ३० हजारमा चित्त बुझाएको छ ।

यसैबीच, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत ११४ रन तथा ७ विकेट हात पार्ने खलंगाका सुरज बोहरा म्यान अफ द सिरिजका साथै उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । सुरजले नगद रु पाँच हजार पुरस्कार पाएका छन् । यस्तै, प्रतियोगिताभर ९ विकेट हात पार्नुका साथै ७६ रन बनाएका देहिमाण्डौँका ऋषिकेश बोहरा उत्कृष्ट बलर भए । विजेता उपविजेता टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उपप्रमुख मीना चन्दले पुरस्कार वितरण गर्नुभयो ।

शहीद दिवशका अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको हो ।

माघ ३ गतेदेखि शुरु भएको प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।रासस