2026-07-25 04:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

प्रदेश सरकारले क्रिकेट खेलाडी केसीलाई एक लाख दिने घोषणा

फागुन ९, पोखरा | प्रदेश नं ४ का उद्योग, वन, पर्यटन, आपूर्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई प्रदेश सरकारका तर्पmबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । 

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिद्वारा खेलाडी केसीको सम्मानमा पोखरा रंगशालामा आज आयोजित कार्यक्रममा सम्मानपत्र र दोसल्लाले सम्मान गर्दै उहाँले आगामी चैत महिनामा आउने प्रदेशको नीति, कार्यक्रम तथा बजेटमा खेलकुदको विकासमा जोड दिइने जानकारी दिनुभयो । 

नेपाली खेलाडीको मेहनत, परिश्रम र लगनशीलताका कारण मुलुकलाई खेलकुदको माध्यमबाट विश्वसामु परिचित गराउन सफल भएको बताउँदै उहाँले पोखरा रंगशालालाई अन्तर्राष्ट्रियस्तरको रंगशालाका रुपमा विकास गरिने बताउनुभयो । 

नामिबियामा भएको खेलमा नेपाललाई जिताउन निर्णायक भूमिका खेल्ने केसीसहितको टिमलाई जिम्बाबेमा हुने विश्वकप क्रिकेटको फाइनल खेलमा सफलता प्राप्तिका लागि जुट्न आग्रह गर्नुभयो । 

क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आवश्यक पूर्वाधारको अभावमा पनि नेपाली खेलाडीले खेलकुदमा पु¥याएको योगदानको उच्च कदर गरिनु पर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा खेलाडी करण केसीले सम्मानले आफूलाई खेलकुदमा जिम्मेवार भएर लाग्न थप प्रेरणा मिलेको बताउनुभयो । 

कार्यक्रममा मदन भण्डारी स्पोर्टस् एकेडेमीका तर्पmबाट खेलाडी करणलाई रु १५ हजार नगदले सम्मान गरिएको थियो एकेडेमीका केन्द्रीय सदस्य एवं कास्की इञ्चार्ज राजेश गुरुङले नगदले सम्मान गर्नुभएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक