Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत १९ गते, अपराह्न ५:५४ बजे खेलकुद, बैतडी - BTD

बैतडीमा बिडिसिए कप क्रिकेट प्रतियोगिता चैत २५ देखि हुने

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत १९, बैतडी | यही चैत २५ गतेदेखि बैतडीमा बिडिएस कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४ सञ्चालन हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौँमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा जिल्लाका १६ टोलीको सहभागिता रहने बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार रु ३० हजार, द्वितीय पुरस्कार रु २० हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । यस्तै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई रु पाँच हजार नगद र ट्रफी प्रदान गरिने छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७औँ संस्करण हो । रासस