Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बैतडीमा जारी बिडिसिए क्रिकेट प्रतियोगिताबाट ग्वाल्लेक बाहिरियो

२०७४, २६ चैत्र सोमबार १०:२६

चैत २६ बैतडी | ग्वाल्लेक क्रिकेट क्लब, यहाँ जारी बैतडी जिल्ला क्रिकेट संघ(बिडिसिए) कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । 

निंगलाशैनी खेल मैदान देहिमाण्डौँमा आज टस हारेर ब्याटिङ गर्दै ग्वाल्लेकले १० ओभरमा ३१ रन मात्र बनायो । खोड्पे क्रिकेट क्लबले ३२ रनको विजय लक्ष्य एक दशमलव पाँच ओभरमा बिना विकेट पुरा ग¥यो । दश विकेटको हारसँगै ग्वाल्लेक प्रतियोगिताबाट बाहिरिएको हो । ग्वाल्लेकका कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन् । 

बलिङ्तर्फ खोड्पेका लागि दीपेन्द्र ऐरी र रुपेश ऐेरीले तीन÷तीन विकेट लिए । 

यसअघि खोड्पेका लागि म्यान अफ द म्याच दीपेन्द्र ऐरीले अविजित ३६ रन बनाउँदै आफ्नो टिमलाई १० विकेटको ठूलो जित दिलाएका थिए । 

यसैगरी, बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा भएको अर्को खेलमा त्रिपुरा क्रिकेट क्लबले कैलपाल क्रिकेट क्लबलाई दुई विकेटले पराजित ग¥यो । टस जितेर ब्याटिङ गरेको कैलपालले नौ विकेटको क्षतिमा १२४ रन बनायो । एक सय २५ रनको विजय लक्ष्य त्रिपुराले १७ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । त्रिपुराका लागि कप्तान वीरेन्द्र रानाले ३६ रन बनाए । 

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा आइतबारदेखि शुरु भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छन् । बिडिसिए कप क्रिकेट प्रतियोगिताको यो १७औँ संस्करण हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ