Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ बैसाख ०२ गते, राति ११:२० बजे खेलकुद, बैतडी - BTD

बैतडीमा जारी क्रिकेट खेलमा त्रिपुरा क्रिकेट क्लब फाइनलमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २, बैतडी (रासस) | त्रिपुरा क्रिकेट क्लब, यहाँ जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा आज भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो ।

टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेले सवै विकेट गुमाउँदै १५३ मात्र बनायो । त्रिपुराका लागि तेज चन्दले सतकीय पारी खेल्दै ११५ रनको योगदान दिए । महेन्द्र मार्कण्डले ४७ रन बनाए ।

बलिङतर्फ खोड्पेका कृष्ण विष्टले दुई विकेट लिए ।

दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेका रुपक ऐरीले ६४ रन बनाए ।

बलिङतर्फ त्रिपुराका गणेश थापाले तीन विकेट लिए । सतकीय पारी खेलेका त्रिपुराका तेज चन्द म्यान अफ द म्याच भए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत चैत २५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।