2026-10-15 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला कप फुटबलको उपाधि विजेतालाई सम्मान

जेठ १६, सुर्खेत । बर्दियामा भएको प्रथम दमौली, क्षेत्रस्तरीय महिला कप फुटबल प्रतियोगिताको उपाधि विजेता सुर्खेती महिला टोलीलाई स्वागत तथा सम्मान गरिएको छ । सुर्खेती महिला फुटबलको इतिहासमा पहिलो पटक उपाधि जितेको टोलीलाई सुर्खेत जिल्ला फुटबल संघले एक कार्यक्रमका वीच बुधबार स्वागत तथा सम्मान गरेको हो ।

महिला टोलीलाई बधाई दिंदै राष्टिय खेलकुद परिषदका सदस्य शान्ति सिंहले अवसर पाएको अवस्थामा महिलाले आप्mनो क्षमताको उच्च प्रदर्शन गर्ने बताईन् । सुर्खेती महिला फुटबल टोलीबाट आपूmले राष्टिय, अन्तर्राष्टिय पदक र उपाधिको अपेक्षा गरेको पनि उनको भनाई थियो । जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले छिमेकी प्रदेशमा गएर उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि जितेर कर्णाली प्रदेशको नाम र गौरव बढाएको भन्दै टोलीको प्रशंसा गरे । सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनकबहादुर रावलले महिला फुटबलमा पाएको पहिलो उपाधिसंगै सुर्खेतमै अन्तर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजनागर्ने हौंसला मिलेको प्रतिक्रिया दिए । संघका महासचिव गणेशकुमार कार्कीले प्रादेशिक संरचना भएयता फुटबलबाटै पहिलो उपाधि कर्णाली प्रदेशमा भित्रिएको जिकिर गर्दै उपाधि यात्रालाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । सुर्खेती महिला फुटबल टोलीले उपाधिसंगै नगद ५० हजार तथा व्यक्तिगत विधातर्फका पाँच मध्ये ४ वटा पुरस्कार पनि पाएको छ ।

प्रतियोगिता अवधिभर ३ गोल गर्ने आशा शाहीले सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक विष्णा वस्नेत, उत्कृष्ट फरवार्ड सम्झना शर्मा र उत्कृष्ट खेलाडीको पुरस्कार सिर्जना सिंहले हात परेकी थिईन् । जेठ ११ गते बाँकेलाई शून्यका विरुद्ध २ गोल, १४ गते बर्दियाको बी टीमलाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्दै फाइनल पुगेको सुर्खेती टोलीले फाइनलमा बर्दियाकै ए टिमलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै उपाधि उचालेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा