2026-09-14 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सुदुपश्चिमका पहाडि जिल्लाकै ठुलो धन राशीको एनपिएल क्रिकेट बैतडीमा जारी

कृष्ण बिष्ट | कात्तिक १५, बैतडी | बैतडीको देहिमाण्डौमा जारि निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पाटन नगरपालिका र मेलौलि नगरपालिका भिड्ने भएका छन । पाटन नगरपालिका र मेलौली नगरपालिका ले जित दर्ता गर्दै फाइनलको यात्रा तय गरेका हुन ।

 आज सम्पन्न सेमिफाईनल खेलमा सिगास गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै पाटन उपाधी नजिक पुगेको हो । निंगलासैनी खेल मैदान देहीमाडौंमा पहिला ब्याटिंग गरेको सिगास १६ दशमलव ४ ओभरमा ७९ रनमा समेटियो । जसमा लोकेन्द्र रावलले व्यक्तिगत २७ रनको योगदान गरे । पाटनका सुभाष विष्टले ३ विकेट हात पारे । ० रनको सामान्य विजयी लक्ष्यका साथ मैदान उत्रेको पाटनले ११ दशमलव १ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । पाटनका विकास विष्टले अविजित ३४ रन बनाए । यो हारसंगै सिगासको अगामी यात्रा टुंगिएको छ भने पाटन अपराजित यात्रा कायम गर्दै फाईनलमा पुगेको छ । 

यस्तै बिहीवारनै सम्पन्न दोस्रो सेमिफाईनल खेलमा किरन ठगुन्नाको उत्कृष्ट प्रदर्शनले दशरथचन्द नगरपालिका ‘सी’ लाई ७ विकेटले पाखा लगाउदै मेलौली नगरपालिका फाईनल प्रवेश गरेको छ । टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्द ‘सी’ ले सुरेन्द्र बिसीको ४ तथा नरेश नाथको ३७ रनको मद्दतमा २० ओभरमा ७ विकेटको क्षतीमा १४८ रन बनायो । मेलौलीका किरन ठगुन्ना र जयराम भट्टले एक एक विकेट हात पारे ।

 १४९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको मेलौलीले १४ दशमलव ३ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । जसमा किरन ठगुन्नाले अर्धसतकिय पारीका साथ ५० रन जोडे भने कृष्णदेव भट्टले अविजित ४९ रन बनाए । खेलका म्यान अफ द म्याच मेलौलीका किरन ठगुन्ना चुनिए । पाटन र मेलौलीविचको उपाधी भिडन्त शुक्रवार विहान ८ बजेपछी हुने जनाईएको छ । उक्त फाईनल खेलसंगै समापन समारोह विभिन्न सांस्कृतिक कार्यक्रमका साथ हुने बताईएको छ । 

निंगलाशैनी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ११ हजार १११ रहेको छ ।  यो प्रतियोगिता सुदुपश्चिम प्रदेसको पहाडी जिल्लाको सबैभन्दा बढि धनरासीको रहेको निंगलाशैनी क्रिकेट क्लबका संयोजक बिर सिँह बोहराले दाबि गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ