2026-07-25 12:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

सरस्वती अधिकारी | फागुन २६, काठमाडौं | नुवाकोटमा होलि पर्वको अवसरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ | दुप्चेस्वर गाउँपालिकाको आयोजनामा यहि चैत्र ६ गतेदेखि ९ गतेसम्म दोश्रो दुप्चेस्वर कप खुल्ला राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो | 

कल्याण उच्च माध्यामिक बिद्यालय र बालकुमारी युवा कल्बको सहयोगमा उक्त प्रतियोगिता दुप्चेस्वर गाउँपालिका वडा नं ५ स्थित कल्याण उ.मा.बि बालकुमारीको खेलमैदानमा आगामी चैत ६ गतेदेखि संचालन हुने भएको छ |  

उक्त प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरुले चैत्र ५ गतेसम्म आफ्नो टिम दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ | प्रतियोगितामा सहभागीलाई खाना र बासको समेत व्यवस्था मिलाइएको छ | पहिलो दुप्चेस्वर कप २०७४ चैत्रमा भएको थियो |

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने समूहलाई क्रमशः रु एक लाख २५ हजार, रु ७५ हजार, रु ४० हजार र रु २० हजार नगद पुरस्कार दिइने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सभरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक समुहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक