2026-10-15 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कर्णाली प्रिमियर लिग: घरेलु टोलीको विजयी सुरुवात

बैशाख १२, सुर्खेत । कर्णाली प्रिमियर लिंग दोस्रो सिजनको उद्घाटन खेलमा घरेलु टोली कर्णाली– ११ ले विजयी सुरुवात गरेको छ । सुर्खेतको वीरेन्द्रनगर कालिन्चोक क्रिकेट मैदानमा विहीबारको उद्घाटन खेलमा कर्णालीले झापाको लालीगुराँस क्रिकेटलाई एकेडमीलाई ८ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो ।

१०२ रनको लक्ष्य कर्णालीले कप्तान रविन्द्र जंगशाहीको अविजित ४५ रनको पारीसंगै १४ दशमलव दुई ओभरमा दुई विकेट गुमाएर पुरा गरेको हो । टस जितेर ब्याटिङ गरेको लालिगुराँसले निर्धारित २० ‌ओभर खेल्दै सबै विकेट गुमाएर १०१ रन बनाएको हो । लालिगुँरासका लागि रोनक दाक्षिनीले २१ र अजय यादवले २० रन बनाए ।

पाहुना टोलीलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका किशोर महतोले ४ ओभरमा १४ रन मात्र दिएर तीन विकेट लिए । यस्तै दिवान पुनले पनि तीन तथा जितेन्द्र सिंह ठकुरीले दुई विकेट हात पारे । शुक्रबार बिहान ८ बजे न्यु होराईजन बुटवल र महेन्द्रनगर किक्रेट एकेडेमी तथा दिउँसो विभागिय टोली आर्मी र लालिगुराँस क्रिकेट एकेडमी भिड्ने छन् ।

२१ गतेसम्म चल्ने प्रतियोगितामा दुई विभागसहित ८ टोलीले सहभागिता जनाएको कर्णाली किक्रेट एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए । लिग–कम नक–आउट फर्म्याटमा हुने प्रतियोगितमा २ समुहबाट उत्कृष्ट २ टिम सेमिफाइनल पुग्ने छन्  । लिगको विजेताले पाँच लाख रुपैयाँ पाउने छ भने उपविजेताले दुई लाख हात पार्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले ५० हजार हात पार्नेछन भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान २०÷२० हजार पाउने छन् । यस्तै फाइनल खेलमा एकजना दर्शकलाई गोला प्रथाबाट रनर कम्पनीको एउटा मोटरसाइकल उपहार दिइने आयोजकले जनाएको छ । प्रतियोगितामा छक्का समात्ने दर्शकलाई एक हजारको पुरुस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित