२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई

२०७६, ९ मंसिर सोमबार ०५:४२

चिसाङ शेर्पा | मंसिर ९, खोटाङ | मोरङको बेलबारीमा भएको नोवेल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका टिम प्रथम भएको छ । दुई दिवसीय प्रतियोगितामा १२ स्वर्ण ६ रजत र ९ कास्य पदक ल्याएर टिम प्रथम भएका हुन् |

बेलबारी डोजोको आयोजनामा शनिबार र आईतबार भएको प्रतियोगितामा जुनियर पुरुष एकलकातामा सुर्यचन्द्र राई, सिनियर पुरुष एकलकातामा मोतिचन्द्र राई, रुरिहाङ दुमि, महिला सिनियर एकलकातामा रोश्मा राईले स्वर्ण पदक जितेकी छन् । पुरुष कुमितेको ३५ केजी तौलमा हिमाल राई, ४० केजीमा सुर्यचन्द्र राई, महिला कुमितेको ५५ केजीमा विद्याकला राई, पुरुष कुमिते ६० केजीमा अर्जुन श्रेष्ठ, महिला कुमिते ६१ केजी प्लसमा मिसडोना राई, ६७ केजीमा रुरिहाङ दुमि, ६७ प्लस केजीमा सागर राउत र ७५ केजी तौलमा ईश्वरधन राईले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष तथा टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए |


प्रतियोगिताको जुनियर पुरुष एकलकातामा संयोग भुजेल, पुरुष कुमिते ३० केजी तौलमा सचिन मगर, महिला कुमिते ३० केजीमा स्तुति राई, ५० केजीमा रोश्मा राई, माईनस ६१ केजीमा समिता राई, प्लस ६१ केजीमा सोना राईले रजत पदक जितिन् | यस्तै, महिला जुनियर एकलकाता सोना राई, समिता राई, सिनियर एकलकातमा विद्याकला राई, पुरुष एकलकाता सिनियरमा अर्जुन श्रेष्ठ, पुरुष कुुमितेको ३० केजी तौलमा संयोग भुजेल, आयुष राई,४० केजी तौलमा मन्दिप अधिकारी, प्लस ६७ केजी तौलमा रोजन खड्का, माईनस ६७ केजी तौलमा रोमन खड्काले कास्य पदक जितेका छन् |

त्यस्तै उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कांस्य, २ स्वर्ण र ९ कांस्य पदक जित्दै भारतको सिक्किमले प्रतियोगिताको तेस्रो स्थान प्राप्त गरेको छ । विजेता नेपाली खेलाडीको तर्फबाट दिरुमनपा खोटाङले १२ स्वर्ण, ५ रजत र ९ कांस्य पदक जितेको छ । धरानले ६ स्वर्ण, १३ रजत र ११ कांस्य पदक पाएको छ भने इटहरीको शान्तिनगरले ५ स्वर्ण, ५ रजत र ५ कांस्य पदक जितेको छ |

प्रतियोगिताको विजेता नेपाली टोली मध्येको सर्वोत्कृष्ट पदक प्राप्त गर्ने खोटाङले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । नेपाली टिम मध्ये निकटतम पदक विजेता धरानले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । इटहरीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ | विजयी टिमहरुलाई नोवेल मेडिकल कलेजका अध्यक्ष लोकनाथ न्यौपानेले पुरस्कार वितरण गर्नुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक