७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई

९ मंसिर २०७६, सोमबार ०५:४२

चिसाङ शेर्पा | मंसिर ९, खोटाङ | मोरङको बेलबारीमा भएको नोवेल अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका टिम प्रथम भएको छ । दुई दिवसीय प्रतियोगितामा १२ स्वर्ण ६ रजत र ९ कास्य पदक ल्याएर टिम प्रथम भएका हुन् |

बेलबारी डोजोको आयोजनामा शनिबार र आईतबार भएको प्रतियोगितामा जुनियर पुरुष एकलकातामा सुर्यचन्द्र राई, सिनियर पुरुष एकलकातामा मोतिचन्द्र राई, रुरिहाङ दुमि, महिला सिनियर एकलकातामा रोश्मा राईले स्वर्ण पदक जितेकी छन् । पुरुष कुमितेको ३५ केजी तौलमा हिमाल राई, ४० केजीमा सुर्यचन्द्र राई, महिला कुमितेको ५५ केजीमा विद्याकला राई, पुरुष कुमिते ६० केजीमा अर्जुन श्रेष्ठ, महिला कुमिते ६१ केजी प्लसमा मिसडोना राई, ६७ केजीमा रुरिहाङ दुमि, ६७ प्लस केजीमा सागर राउत र ७५ केजी तौलमा ईश्वरधन राईले स्वर्ण पदक जितेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष तथा टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए |


प्रतियोगिताको जुनियर पुरुष एकलकातामा संयोग भुजेल, पुरुष कुमिते ३० केजी तौलमा सचिन मगर, महिला कुमिते ३० केजीमा स्तुति राई, ५० केजीमा रोश्मा राई, माईनस ६१ केजीमा समिता राई, प्लस ६१ केजीमा सोना राईले रजत पदक जितिन् | यस्तै, महिला जुनियर एकलकाता सोना राई, समिता राई, सिनियर एकलकातमा विद्याकला राई, पुरुष एकलकाता सिनियरमा अर्जुन श्रेष्ठ, पुरुष कुुमितेको ३० केजी तौलमा संयोग भुजेल, आयुष राई,४० केजी तौलमा मन्दिप अधिकारी, प्लस ६७ केजी तौलमा रोजन खड्का, माईनस ६७ केजी तौलमा रोमन खड्काले कास्य पदक जितेका छन् |

त्यस्तै उपविजेता भुटानले ३ स्वर्ण, ७ रजत र ५ कांस्य, २ स्वर्ण र ९ कांस्य पदक जित्दै भारतको सिक्किमले प्रतियोगिताको तेस्रो स्थान प्राप्त गरेको छ । विजेता नेपाली खेलाडीको तर्फबाट दिरुमनपा खोटाङले १२ स्वर्ण, ५ रजत र ९ कांस्य पदक जितेको छ । धरानले ६ स्वर्ण, १३ रजत र ११ कांस्य पदक पाएको छ भने इटहरीको शान्तिनगरले ५ स्वर्ण, ५ रजत र ५ कांस्य पदक जितेको छ |

प्रतियोगिताको विजेता नेपाली टोली मध्येको सर्वोत्कृष्ट पदक प्राप्त गर्ने खोटाङले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । नेपाली टिम मध्ये निकटतम पदक विजेता धरानले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । इटहरीले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ | विजयी टिमहरुलाई नोवेल मेडिकल कलेजका अध्यक्ष लोकनाथ न्यौपानेले पुरस्कार वितरण गर्नुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी