२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

निङ्गलाशैनी र पञ्चकोटी फाइनलमा

२०७६, १३ मंसिर शुक्रबार १५:४९

मङ्सिर १३, बैतडी | निङ्लाशैनी क्रिकेट क्लब र पञ्चकोटी क्रिकेट क्लब शनिबार यहाँ जारी बिडीसीए कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । उन्नाइसौँ संस्करणको बिडीसीए कपमा निङ्गलाशैनीले गत वर्षको विजेता कालाशैनी क्रिकेट क्लबलाई सात विकेटले तथा पञ्चकोटीले पाटन भ्याली क्रिकेट क्लबलाई १७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  

बुड्डाबाजे क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा कालाशैनीले दिएको १०४ रनको लक्ष्य निङ्गलाशैनीले १७ दशमलब तीन ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्यो । निङ्गलाशैनीका लागि गजेन्द्र बोहराले ३५ र खडक बोहराले २९ रन बनाए । बलिङतर्फ कालाशैनीका केशव साउँदले एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै कालाशैनीले १७ ओभरमा सवै विकेट गुमाउँदै १०३ रन बनायो । कालाशैनीका लागि सन्तोश चन्दले १६ रन बनाए । बलिङतर्फ निङ्गलाशैनीका दीपक बोहराले पाँच विकेट लिए । उनी ‘म्यान अफ द म्याच’ घोषित भए । 

अर्को सेमिफाइनलमा पञ्चकोटीले पाटन भ्याली क्रिकेट क्लबलाई १७ रनले हरायो । टस जितेर ब्याटिङ गरेको पञ्चकोटी १९ दशमलब चार ओभर खेल्दै १०२ रनमा समेटियो । पञ्चकोटीका लागि डम्बर बुडालले सर्वाधिक २६ रनको योगदान दिए । बलिङतर्फ पाटन भ्यालीका सन्नी विष्टले तीन विकेट लिए । एक सय तीन रनको विजय लक्ष्य पछ्याएको  पाटन भ्याली १९ दशमलब पाँच ओभरमा सवै विकेट गुमाएर ८५ रनमा समेटियो । पाटनका लागि बसन्त भभट्टले १९ रन बनाए । बलिङतर्फ पञ्चकोटीका किसन बुडालले चार विकेट लिँदै म्यान अफ द म्याच भए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले रु ३० हजार तथा उपविजेताले रु २० हजार पुरस्कार प्राप्त गर्नेछ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक