७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मनमोहन स्मृति कप : सुदूरपश्चिमको टोली घोषणा

२५ मंसिर २०७६, बुधबार ०८:४५

मङ्सिर २५, बैतडी । मनमोहन स्मृति (एमएम) कपको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न जाने सुदूरपश्चिम प्रदेशको टोलीको टुङ्गो लागेको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय सुदूरपश्चिम प्रदेश टिमको टुङ्गो लागेको हो । 

 कप्तान भट्टसँगै विनोद लामा उपकप्तान, लोकेश बम (विकेटकिपर), खड्क बोहरा, अरुण ऐरी, आकाश चन्द, शेर मल्ल, दीपक बोहरा, किरणकुमार ठगुन्ना, गजेन्द्र बोहरा, सुशील खड्का, विकास आग्री, विक्रम ठगुन्ना र महेश अधिकारी रहनुभएको छ । यस्तै वैकल्पिक खेलाडीमा वीरेन्द्र नाथ, भोजराज भट्ट, अमन पन्थी र नरेश बोहरा रहेको नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेश सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । 

यसैबीच एमएम कप खेल्न जाने सुदूरपश्चिमको टोलीमा वैकल्पिकसहित बैतडीका चार खेलाडी परेका छन् । खड्क, दीपक र गजेन्द्र अन्तिम १४ मा पर्नुभएको छ भने वीरेन्द्र वैकल्पिक खेलाडीका रुपमा टिममा पर्नुभएको हो । 

आगामी पुस १५ गतेदखि सुनसरीको इनरुवामा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल), आयोजक, मलेशियाको राष्ट्रिय टोली र सातै प्रदेशका गरी १२ टोली सहभागी हुने भएका छन् । प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार र उपविजेताले रु दुई लाख पाँच हजार पुरस्कार पाउनेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी