ललित बोहरा | साउन २९, डडेल्धुरा । ब्राजिलको रियो दि जेनेरियो शहरमा जारी रियो ओलम्पिक २०१६ मा नेपालको तर्फबाट सहभागि पुर्ख्यौल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | साउन २९, डडेल्धुरा । ब्राजिलको रियो दि जेनेरियो शहरमा जारी रियो ओलम्पिक २०१६ मा नेपालको तर्फबाट सहभागि पुर्ख्यौल"/>
2026-09-19 01:55 AM
खेलकुद

डडेल्धुराकी सरस्वतीले तोडिन २६ बर्ष लामो राष्ट्रिय किर्तीमान

ललित बोहरा | साउन २९, डडेल्धुरा । ब्राजिलको रियो दि जेनेरियो शहरमा जारी रियो ओलम्पिक २०१६ मा नेपालको तर्फबाट सहभागि पुर्ख्यौली घार बैतडी भई हाल डडेल्धुराकी सरस्वती भट्टराईले राष्ट्रिय किर्तीमान बनाएकी छिन् । 

नेपाली समय अनुसार आज बिहान सवा पाँच बजे भएको एथ्लेटिक्सको १५ सय मिटर दौड अन्तर्गत पहिलो राउण्डमा भट्टराईले २६ बर्ष लामो राष्ट्रिय किर्तीमान भङ्ग गरेकी हुन् । उनले १५ सय मिटरको दुरी ४ मनिट ३३ सेकेण्डमा पुरा गरेकी छिन् । उनले राजकुमारीको नाममा रहेको कीर्तिमान तोडेकी हुन् । राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । आज बिहान भएको दौडमा उनी ओलम्पिक खेलको भने उक्त दौडको पहिलो राउण्डबाटै बाहिरीएकि छिन् । 

तीन समुहमा बिभाजन गरिएको उक्त प्रतिस्पर्धामा पहिलो प्रतिस्पर्धाका अन्य १३ जनासँग प्रतिस्पर्धा गरेकी सरस्वतीले एकजनालाई आफु भन्दा पछि पारेकी थिईन् । आफ्नो खेल बिद्याको १५ सय मिटरमा उनले ३७ औँ बरियता प्राप्त गरेकी छिन् । नेपाली सेनामा रहेकी धावक भट्टराई सुदूरपश्चिमकी चेली हुन् । उनको पहीले बैतडीको सकारमा भए पनी अहिले डडेल्धुराको अमरगढी नगरपालिका ७ पोखरा हो । उग्रतारा उच्च माबि पोखरामा अध्ययन गरेकी भट्टराई नेपाली सेनाबाट नेपालको तर्फबाट ओलम्पिकमा भाग लिन लागेकी हुन् । केही दिन अघि रियो तर्फ प्रस्थान गर्ने क्रममा डडेल्धुरामा जन्मिएर विश्वमा आफ्नो खेल क्षमता देखाउन अवसरमा पाएकोमा आफु एकदमै खुसी भएको उनले प्रतिक्रिया थिईन । उनले पदक जित्ने सम्भावना कम रहेको तर राष्ट्रिय रेकर्ड तोड्ने बचन दिएकी पहिले नै दिएकी थिईन् । 

यस्तै सुदूरपश्चिमकै चेली निशा रावलले भने अबको आठ दिनपछि ओलम्पिक खेलमा सहभागिता जनाउँदै छिन् । तेक्वान्दोकी निशाले अबको २० अगस्टमा ६७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । सुदुरपश्चिमको बिकट जिल्ला अछामको कालिका गाविस स्थित सुगाली गाउँमा पुर्खौली घर रहेकी रावल हाल काठमाडौको थापाथलीमा बस्दै आउनु भएको छ । सुदूरपश्चिमबाट महिला तर्फ ओलम्पिकमा सहभागि निशा र सरस्वती पहिलो खेलाडि हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई