पढ्न करिब 2 मिनेट लाग्छ

कनकाई, भदौ १९ / झापा जिल्लामा रहेका ८ नगरपालिकाबीच प्रथम पटक सुरुङ्गामा अन्तर नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा आगामी असोज ७ गतेदेखि १४ गतेसम्म प्रतियोगिता हुन लागेको हो । शनिबार आयोजक कासाले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । झापा जिल्लाका ८ नगरपालिकाहरु कनकाई, भद्रपुर, बिर्तामोड, दमक, मेचीनगर, शनिअर्जुन, शिवसताक्षी र गोरादहका ८ टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीले क्रमशः १ लाख १ हजार १ सय ११ रुपैयाँ र ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने खेल समितिका संयोजक राजेन्द्रकुमार उप्रेतीले बताए । प्रतियोगितमा दैनिक उत्कृष्ट हुने खेलाडीलाई समेत नगद १५ हजार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष ज्योतिकुमार उप्रेतीले बताए ।

यसैबीच, प्रतियोगिता सम्पन्न गर्नका लागि राजेन्द्रकुमार उप्रेतीको संयोजकत्वमा २६ सदस्य मुल आयोजक समिति गठन गरिएको छ ।

सदस्यहरुमा राजकुमार कट्टेल, सुनिल भेटवाल, छवि थपलिया, भीमप्रसाद भट्टराई, सुनिता बोगटी, दुर्गाप्रसाद प्रसाईं, लीलाराज झापाली, सरोज पोखरेल, झलक सिटौला, रामचन्द्र खरेल, अर्जुन गिरी, तीर्थराज खरेल, रेवत गौतम, रामप्रसाद निरौला, सन्तबहादुर रायमाझी, लीलु गिरी, दिलकुमार कार्की, राजेन्द्रकुमार पोखरेल, टीका लामिछाने, जय राजवंशी, विनोद उप्रेती, जीवन लामिछाने, साजन थापा, इन्द्रपुलामी मगर र दीपेन लिम्बू रहेका छन् ।

प्रतियोगिता सम्पन्न गर्न कुल ६ लाख ४१ हजार ७ सय २२ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।