2026-10-15 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्रामीण भेगमा खेलक्षेत्रको बिस्तार गर्न खेल शिक्षकलाई प्रशिक्षण

असार २५, जुम्ला । जुम्लाको खेल क्षेत्रको विकास गर्नका लागी विद्यालय स्तरमा प्रशिक्षण कार्यक्रम गरिएको छ । कर्णाली खेलकुद परिषद् सुर्खेतको आर्थिक सहयोग र कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई  प्रशिक्षक दिइएको छ । 

एक दिने जिल्ला स्तरीय प्रशिक्षक र विद्यालयका खेलशिक्षकलाई प्रशिक्षक तथा प्रशिक्षण कार्यक्रममा क्लबबाट १५ जना, विद्यालयबाट २४ जनासँगै, तेकान्दो, एन्फा र मार्सलाट तर्फका गरी जम्मा ८९ जना सहभागी भएको कर्णाली खेलकुद क्लबका सहसचिव धनराज सुनारले जानकारी दिए । 

त्यस्तै कर्णाली स्पोर्ट क्लबद्वारा आयोजित जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई प्रशिक्षक प्रशिक्षण कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले खेलका नियमसँगै  खेलाडीलाई अनुशासनका कुरा सिकाउन आवश्यक रहेको बताए । उनले भने जुम्लामा हुने हरेक खेलकुद आयोजनामा विभिन्न कारणले झगडा र विवाद हुने भएकोले अनुशासनको कमी देखिएको देखिन्छ  । खेल क्षेत्रको विकासमा आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जुम्लामा खेल क्षेत्रको आकर्षण बढ्दो भए पनि अनुशासन कमी देखिएको बताइन् । भौतिक पूर्वाधार मात्र विकास नभएकोले खेल क्षेत्रको विकासमा स्थानीयतहले लगानी बढाउनु पर्नेमा जोड दिइन् ।

त्यस्तै कर्णाली स्पोट क्लबकका अध्यक्ष सरोज शाहीले बितेको पाँच वर्षमा स्थानीय सरकारले खेल क्षेत्रलाई अपेक्षित सहयोग नगरेको बताए । उनका अनुसार खेल क्षत्रमा संघ प्रदेशदेखि स्थानीय तहको समेत न्यून लगानी छ । नयाँ खेलाडी उत्पादन तथा पुरानालाई स्थापित गर्न जंगलमा सडक बनाउनु भन्दा खेलमैदान बनाउनु पर्नेमा उनको जोड छ । 

जुम्लाका सामुदायिक विद्यालयका खेल शिक्षकलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । विद्यालय स्तरमा खेल क्षेत्रको विकास गर्नका लागि प्रशिक्षण दिइएको हो ।

अनुशासित र मर्यादित बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।जुम्लामा पछिल्लो समय भलिबल,फुटबल,कराँते, तेकान्दो,कवाडी लगायतका विभिन्न खेलको आकर्षण बढे पनि अनुशासनको कमी भएकोले खेल क्षेत्रलाई अनुशासित बनाउनु पर्नेमा सरोकारावाले जोड दिएका हुन् । अनुशासन विना खेल क्षेत्रको विकास चुनौती पूर्ण रहेकोले अनुशासन पालनामा ध्यानसमेत सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने