२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य

१२ बैशाख २०८२, शुक्रबार १२:३६

काठमाडौँ | नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित हुनुभएको छ । सङ्घको गएराति यहाँ सम्पन्न दोस्रो महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । कर्माचार्य देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

यस्तै, सङ्घको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर र अर्जुन रानाभाट, खुला उपाध्यक्षमा सुरेश हमाल, सानुकाजी प्रजापति, नन्दलाल श्रेष्ठ, कान्छाराम बल, शरद् अधिकारी र महिला उपाध्यक्षमा पुष्पा श्रेष्ठ चयन हुनुभएको छ । यसैगरी, उपाध्यक्षहरूमा राजेन्द्र रिजाल (कोशी), मनोज चौधरी ( मधेस), सुवन गिरी (बागमती), गोकर्ण कार्की (गण्डकी), मनप्रसाद आचार्य (लुम्बिनी), विष्णुबहादुर खड्का (कर्णाली) र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा उपेन्द्र विष्ट निर्वाचित हुनुभएको छ ।

सङ्घको महासचिवमा केदारनाथ पौडेल, उपमहासचिवमा रजन रोक्का, सचिवममा रवि रिमाल, किरण खड्का, राजेशकुमार श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रविक्रम बानिया र सहकोषाध्यक्षमा टेकराज जोशी चयन हुनुभएको छ । विसं २०७२ मा स्थापना भएको सङ्घको वैशाख १० र ११ गते सञ्चालित महाधिवेशनमा देशभरबाट पाँच सय प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम