२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल

२०८२, १२ बैशाख शुक्रबार १४:३३

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकको उद्घाटन समारोहमा महासचिव पोखरेलले वर्तमान सरकारले विकास निर्माण र मुलुकको समृद्धिका लागि काम गरिरहेको बताउनुभयो ।

“राजस्व वृद्धि र विदेशी मुद्राको सञ्चिति बढाउनेछ, सडक निर्माणको काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “यो सरकार आएपछि विआरआईमा सम्झौता भयो, यो महत्वपूर्ण काम हो ।”

सूचना र प्रविधिको प्रयोगले धेरै कामकाज गर्न सहज भए पनि त्यसको दुरुपयोगले नेपाली समाजमा धेरै असहजता र अस्थिरता निम्त्याएको महासचिव पोखरेलको भनाइ थियोे । उहाँले गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको र अहिले नेपाली समाज समानतातर्फ अघि बढेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुकले विकासमा फड्को मारेको स्पष्ट पार्नुभयो ।

“पत्रकारले सिर्जनात्मक भएर समाज र राष्ट्रका लागि भूमिका निवाह गर्नुपर्छ, सूचनाबाटै पत्रकारको सामथ्र्य बढ्छ”, महासचिव पोखरेलले भन्नुभयो । मुलुकलाई सही बाटोमा लैजाने र सबैभन्दा लोकप्रिय पार्टी एमाले भएको उल्लेख गर्दै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्प पूरा गर्न पार्टी अग्रसर भएको बताउनुभयो ।

एमाले सङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले प्रेस चौतारी नेपालको श्रमजीवी पत्रकार र मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले सञ्चारिकाले महिला पत्रकारको पेसागत तथा व्यावसायिक सुरक्षाका लागि काम गर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरीले फोनिज र चौतारीको उद्देश्य श्रमजीवी पत्रकारको हित नै भएकाले सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

सो अवसरमा चौतारीले सञ्चारिका समूहका नवनिर्वाचित अध्यक्ष पन्थीसहित पदाधिकारी तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का नवनिर्वाचित अध्यक्ष लक्की चौधरीसहित पदाधिकारीलाई बधाई तथा शुभकामनासहित सम्मानित गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला