१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा

१२ बैशाख २०८२, शुक्रबार १५:१९

काठमाडौँ | परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताउनुभएको छ ।

थाइल्याण्डको बैङ्ककमा आयोजित संयुक्त राष्ट्रसङ्घीय एक कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उहाँले भन्नुभयो, “अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले चलाएको हल्ला हुनसक्छ ।”

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैङ्कक गएपछि नेपालमा सरकार परिवर्तनको चर्चा चलेको विषयमा राखिएको जिज्ञासामा मन्त्री डा राणाले उहाँ कुनै पनि राजनीतिक भेटघाटका लागि नभएर नियमित स्वास्थ्य परीक्षणका लागि बैङ्कक जानुभएको स्पष्ट पार्नुभयो ।

आफूले पनि सरकार परिवर्तनका विषयमा चलेको हल्ला समाचारमा पढेको उल्लेख गर्दै मन्त्री डा राणाले बिहीबार नै कांग्रेस सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग फोनमा कुराकानी गर्नुभएको जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री डा राणा एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षता गरी आज स्वदेश फर्किनुभएको हो । यसै सिलसिलामा उहाँले अतिकम विकसित, भूपरिवेष्टित र साना टापु विकासोन्मुख राष्ट्रहरुको विशेष वैठकको पनि अध्यक्षता गर्नुभएको थियो । सो अवसरमा उहाँले यी राष्ट्रहरुको साझा चासोका विषयका बारेमा नेपालका तर्फबाट धारणा राख्नुभएको थियो ।

उक्त अवसरमा नेपालका तर्फबाट राखिएको धारणाले अन्तरराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्न सघाउ पुगेको महससु भएको परराष्ट्रमन्त्री डा राणाले बताउनुभयो । उहाँले सो कार्यक्रमको ‘साइडलाइन’मा इस्केपका कार्यकारी सचिव अर्मिन्दा सालसिया अलिस्जाबनासँग भेटघाट गरेको र उक्त भेटमा एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रीय तथा अन्तरराष्ट्रिय सहयोग आदान–प्रदानमा स्केपको भूमिकाको प्रशंसा गरेको जानकारी दिनुभयो ।

उक्त भ्रमणका अवसरमा अतिकम विकसित, भूपरिवेष्टित र साना टापु विकासोन्मुख राष्ट्रहरुका लागि संयुक्त राष्ट्रसङ्घका उच्च प्रतिनिधि रहाब फतिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको परराष्ट्रमन्त्री डा राणाले बताउनुभयो । साथै यस भ्रमणका क्रममा आफूले नेपालले आगामी जेठ २ देखि ४ सम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’का बारेमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू, अन्तरराष्ट्रिय सङ्घसङ्गठन एवम् नागरिक समाजका प्रतिनिधिलाई जानकारी दिनुका साथै उच्च तहको सहभागिताका लागि आमन्त्रण गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता