२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जनताले संवैधानिक आधारभूत अधिकार पाउनुपर्ने’

१२ बैशाख २०८२, शुक्रबार १६:२१

काठमाडौँ | जनता समाजवादी पार्टीका नेता तथा प्रतिनिधिसभाका सांसद वीरेन्द्रप्रसाद महतोले मुलुकमा लोकतन्त्र प्राप्त भएको १९ वर्ष बितिसक्दा पनि जनताले आधारभूत सुविधासमेत नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा सम्बोधन गर्ने क्रममा उहाँले जनताले संविधानअनुसार आधारभूत अधिकार प्राप्त गर्न नसक्दा लोकतन्त्रको अनुभूति हुन नसकेको उल्लेख गर्नुभयो । राज्यले सेवा प्रवाह सहज नबनाउँदा जनताले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उहाँले दलहरु सत्ता र शक्तिको खेलमा लाग्दा नागरिक संवैधानिक अधिकारबाटसमेत वञ्चित हुनुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरता, सरकारी निकायबीचको समन्वयमा अभावमा जनताले पाउनुपर्ने सामान्य अधिकार पनि पाउन सकेका छैनन् ।” उहाँले आजदेखि सुरु भएको संसद्को वर्षे अधिवेशनबाट शिक्षा, प्रहरी र निजामतीसम्बन्धी ऐन जसरी भए पनि पास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निजी चिकित्सकहरुको मागप्रति सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ ।

“सङ्घीय सदनमा सरकारी र निजी गरी ३२ वटा विचाराधीन विधेयक पनि यही वर्षे अधिवेशनमा टुङ्गो लगाउनुपर्नेछ, साथै अबको बजेट विकासमुखी हुनुपर्छ, लोकप्रियभन्दा पनि व्यावहारिक बजेट आउनु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।

सांसद महतोले बैंक तथा वित्तीय संस्थाको व्यवसायलाई पनि सहायता हुनेगरी विकासमा खर्च गर्ने खालको बजेट आउनुपर्नेमा जोड दिनुभयो । देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उल्लेख गर्दै उहाँले सरकारले पुँजीगत खर्च बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले स्रोत सुनिश्चितता नगरी बजेट ल्याउँदा समस्या उत्पन्न भइरहेको बताउँदै आर्थिक सङ्कुचनको अवस्थालाई ध्यानमा राखी बजेट बनाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का