२०८२, २८ माघ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’

२०८२, १२ बैशाख शुक्रबार १६:३५

काठमाडौँ | शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने प्रवृत्तिको अन्त्य गरिनुपर्ने धारणा सांसदहरुले राख्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नेक्रममा सांसदहरुले विकासको आवश्यकता र नागरिकको चाहनाको पहिचान गरी कुशलतापूर्वक बजेट विनियोजन गरिनुपर्ने धारणा राख्नुभएको हो ।

जनमत पार्टीका सांसद अब्दुल खानले जनताले भोगिरहेका समस्याप्रति लक्षित गरेर बजेट निर्माण गर्न आवश्यक रहेको यो । उहाँले सकेसम्म देशभित्रकै कच्चापदार्थलाई प्रयोग गरी अर्थतन्त्रलाई अगाडि बढाउने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादवले चालु अधिवेशनबाट अत्यावश्यक विधेयकहरु पास गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो, “चालु अधिवेशनले समस्या समाधान गरोस् । आशा पलाउने गरी र आवश्यकताको आधारमा बजेट आओस् ।”

सांसद सर्वेन्द्रनाथ शुक्लाले अर्थतन्त्र शिथिल हुँदै गएको विषम परिस्थितिमा आउने आगामी आर्थिक वर्षको बजेट अघिल्ला वर्षहरुभन्दा फरक हुनुपर्ने बताउनुभयो । राजस्व सङ्कलन घटेको, तस्करी बढेकोलगायतका विषयहरु उहाँले संसदमा उठाउनुभयो । यसवर्ष किसानले मलको समस्या भोग्नु नपरोस भनेर सरकारले सतर्कता अपनाउन सुझाव उहाँले दिनुभयो ।

सांसद गङ्गाराम चौधरी डगौराले शक्ति र पहुँचका आधारमा बजेट बाँड्ने प्रवृत्ति रोकिनुपर्ने बताउनुभयो । “मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित नहोस् । पहुँचका आधारमा बजेट नबाढियोस् । आफ्ना कार्यकर्ता पोस्ने बजेट नआओस्”, उहाँले भन्नुभयो, “उत्पीडनमा परेका समदायलाई केन्द्रमा राखेर बेराजगारी घटाउने गरी बजेट आओस् । बजेटमाथि नीतिगत निगरानी गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । बजेट तर्जुमा, स्वीकृती, कार्यान्वयन, मूल्याङ्कनलगायतका प्रक्रियालाई गम्भीर रुपमा हेरिनुपर्ने सांसद चौधरीको भनाइ छ ।

सांसद प्रेम सुवालले शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा रोकिँदा विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरिनुलाई सरकारमाथि सरकारकै अविश्वासको उपजका रुपमा हेरिनुपर्ने सुवालको बुझाइ थियो । सार्वजनिक ऋण निरन्तर बढ्ने, युवाहरु विदेश पलायन हुने, आन्तरिक उत्पादन बढ्न नसक्नेजस्ता जटील समस्याको समाधान खोज्नेगरी बजेट केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

सांसद चित्रबहादुर केसीले लोकतन्त्रमाथि चौतर्फी रुपमा आक्रमण भइरहेको उल्लेख गर्दै जनताको आकाङक्षाअनुसार काम गर्न नसकेका कारण नै वितृष्णा बढेको बताउनुभयो । “भष्ट्राचार गर्नेलाई कारबाही नहुने र संरक्षण गर्ने प्रवृत्तिको लेखाजोखा जनताले राखिरहेका छन् । भ्रष्टाचारमा हामी आफै लिप्त छौं भने जनतालाई कसरी सम्झाउनुहुन्छ ?”, सांसद केसीले भन्नुभयो । लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै दल एकजुट हुनुपर्ने पनि उहाँको भनाइ थियो ।

सांसद डा अमरेशकुमार सिंहले चुनाव जित्नका लागि राजनीतिक दल र तिनका नेताहरुले व्यवसायीहरुसँग रकम उठाउने गरेको र सरकारमा गएपछि उनीहरुलाई फाइदा हुनेगरी निर्णय गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले दलीय भागबण्डाका आधारमा नियुक्ति, सरुवा, बढुवा हुने प्रवृत्ति मौलाएको बताउनुभयो । लोकतन्त्रलाई नेताहरुबाट सँ्कट रहेको सांसद सिंहको भनाइ थियो ।

सांसद योगेन्द्र मण्डलले सरकारको बोली एउटा र व्यवहार अर्को रहेको दाबी गर्नुभयो । उहाँले शिक्षक आन्दोलन चाँडो टुङ्गाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु