२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट जाने प्रवृत्ति अन्त्य होस्’

१२ बैशाख २०८२, शुक्रबार १६:३५

काठमाडौँ | शक्ति र पहुँचका आधारमा बजेट विनियोजन हुने प्रवृत्तिको अन्त्य गरिनुपर्ने धारणा सांसदहरुले राख्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्नेक्रममा सांसदहरुले विकासको आवश्यकता र नागरिकको चाहनाको पहिचान गरी कुशलतापूर्वक बजेट विनियोजन गरिनुपर्ने धारणा राख्नुभएको हो ।

जनमत पार्टीका सांसद अब्दुल खानले जनताले भोगिरहेका समस्याप्रति लक्षित गरेर बजेट निर्माण गर्न आवश्यक रहेको यो । उहाँले सकेसम्म देशभित्रकै कच्चापदार्थलाई प्रयोग गरी अर्थतन्त्रलाई अगाडि बढाउने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादवले चालु अधिवेशनबाट अत्यावश्यक विधेयकहरु पास गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । उहाँले भन्नुभयो, “चालु अधिवेशनले समस्या समाधान गरोस् । आशा पलाउने गरी र आवश्यकताको आधारमा बजेट आओस् ।”

सांसद सर्वेन्द्रनाथ शुक्लाले अर्थतन्त्र शिथिल हुँदै गएको विषम परिस्थितिमा आउने आगामी आर्थिक वर्षको बजेट अघिल्ला वर्षहरुभन्दा फरक हुनुपर्ने बताउनुभयो । राजस्व सङ्कलन घटेको, तस्करी बढेकोलगायतका विषयहरु उहाँले संसदमा उठाउनुभयो । यसवर्ष किसानले मलको समस्या भोग्नु नपरोस भनेर सरकारले सतर्कता अपनाउन सुझाव उहाँले दिनुभयो ।

सांसद गङ्गाराम चौधरी डगौराले शक्ति र पहुँचका आधारमा बजेट बाँड्ने प्रवृत्ति रोकिनुपर्ने बताउनुभयो । “मन्त्रीका निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित नहोस् । पहुँचका आधारमा बजेट नबाढियोस् । आफ्ना कार्यकर्ता पोस्ने बजेट नआओस्”, उहाँले भन्नुभयो, “उत्पीडनमा परेका समदायलाई केन्द्रमा राखेर बेराजगारी घटाउने गरी बजेट आओस् । बजेटमाथि नीतिगत निगरानी गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । बजेट तर्जुमा, स्वीकृती, कार्यान्वयन, मूल्याङ्कनलगायतका प्रक्रियालाई गम्भीर रुपमा हेरिनुपर्ने सांसद चौधरीको भनाइ छ ।

सांसद प्रेम सुवालले शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा रोकिँदा विद्यार्थीहरुको भविष्यमाथि खेलबाड भइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गरिनुलाई सरकारमाथि सरकारकै अविश्वासको उपजका रुपमा हेरिनुपर्ने सुवालको बुझाइ थियो । सार्वजनिक ऋण निरन्तर बढ्ने, युवाहरु विदेश पलायन हुने, आन्तरिक उत्पादन बढ्न नसक्नेजस्ता जटील समस्याको समाधान खोज्नेगरी बजेट केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ ।

सांसद चित्रबहादुर केसीले लोकतन्त्रमाथि चौतर्फी रुपमा आक्रमण भइरहेको उल्लेख गर्दै जनताको आकाङक्षाअनुसार काम गर्न नसकेका कारण नै वितृष्णा बढेको बताउनुभयो । “भष्ट्राचार गर्नेलाई कारबाही नहुने र संरक्षण गर्ने प्रवृत्तिको लेखाजोखा जनताले राखिरहेका छन् । भ्रष्टाचारमा हामी आफै लिप्त छौं भने जनतालाई कसरी सम्झाउनुहुन्छ ?”, सांसद केसीले भन्नुभयो । लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै दल एकजुट हुनुपर्ने पनि उहाँको भनाइ थियो ।

सांसद डा अमरेशकुमार सिंहले चुनाव जित्नका लागि राजनीतिक दल र तिनका नेताहरुले व्यवसायीहरुसँग रकम उठाउने गरेको र सरकारमा गएपछि उनीहरुलाई फाइदा हुनेगरी निर्णय गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले दलीय भागबण्डाका आधारमा नियुक्ति, सरुवा, बढुवा हुने प्रवृत्ति मौलाएको बताउनुभयो । लोकतन्त्रलाई नेताहरुबाट सँ्कट रहेको सांसद सिंहको भनाइ थियो ।

सांसद योगेन्द्र मण्डलले सरकारको बोली एउटा र व्यवहार अर्को रहेको दाबी गर्नुभयो । उहाँले शिक्षक आन्दोलन चाँडो टुङ्गाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का