४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा जोड

१४ बैशाख २०८२, आईतवार १७:२१

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि स्थानीय तहहरूमा आपत्कालीन गोदामघर स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ । आज गृहमन्त्रीसँग विपद् संवाद शुभारम्भ कार्यक्रममा उहाँले विपद्का घटनासँग सबैभन्दा नजिक स्थानीय तह हुने गरेकाले त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताउनुभयो ।

“यहाँबाट तपाईं हामी बसेर नीतिनिर्माण गर्ने हो”, गृहमन्त्री लेखकले भन्नुभयो, “यसलाई लागू गर्ने भनेको स्थानीय तहले भएकाले स्थानीय तहरूलाई सक्षम बनाउन पनि आपत्कालीन गोदाम घर अनिवार्य आवश्यकता हो ।” उहाँले हरेक स्थानीय तहमा आपत्कालीन गोदामघर स्थापना गरेर त्यस आधारभूत सामग्रीहरू राख्नुपर्ने बताउनुभयो ।

“प्रत्येक पालिकमा गोदामघर बनाऔँ, त्यो भनेको छुट्टै घर, जग्गा, गोदाम बनाउनुस् भनेको होइन । प्रत्येक पालिकाका आफ्ना कार्यालय छन्, ती कार्यालयको एउटा कोठालाई गोदामघर भनेर तोकिदिए हुन्छ”, मन्त्री लेखकले भन्नुभयो, “त्यसमा आधारभूत सामग्री राखौँ । ती गोदामघरलाई सङ्घ र प्रदेश सरकारले पनि आवश्यक सहयोग गरौँ । तर आधार स्थानीयलाई बनाऔँ । हामी सबै त्यसमा समन्वय गर्न तयार छौँ ।”

उहाँले चार वटा प्रदेशमा आपत्कालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिँदै काठमाडौँबाहेक अन्य गोदामघर पनि केही समयभित्रै प्रदेश सरकारलाई हस्तान्तरण गरिने उल्ल्ेख गर्नुभयो । “प्रदेशका विमानस्थलमा स्थापना गरिएका गोदामघरबाट विपद्का बेला एउटा कम्बल झिक्न पनि काठमाडौँमा प्राधिकरणसँग समन्वय गर्नुपर्ने स्थिति थियो”, उहाँले भन्नुभयो, “अहिले नीतिगत तहबाट निर्णय गर्दै सबै अधिकार प्रदेश सरकारलाई दिएर गोदामघर हस्तान्तरण गर्ने काम भएको छ ।”

विपद् व्यवस्थापनका विषयमा सञ्चार जगत्को महत्त्वपूर्ण भूमिका रहने गृहमन्त्रीको भनाइ छ । “विपद्का विषय सम्बोधन हुनका लागि पूर्वसूचना समयमा हुनुप¥यो”, उहाँले भन्नुभयो, “विपद्का बेला गरिने प्रतिकार्य, राहत, पुनर्निमाण र पुनःस्थापन महत्त्वपूर्ण विषय हुन् ।” उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सङ्गठित भएर सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

“तपाईंहरूले सिकेका ज्ञान, सीप अनुभवले यो क्षेत्रलाई व्यवस्थित गर्न, नागरिकलाई हुनसक्ने जोखिमबाट जोगाउने काम गर्न सक्छौँ”, लेखकले भन्नुभयो, “त्यसका लागि सङ्गठित रूपले अगाडि बढ्नसके परिणाम दिनेछ । जोखिम न्यूनीकरण गर्न काम गर्न सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल