१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘गणतन्त्रवादी शक्तिहरु एक हुनुपर्ने बेला आएको छ’

१४ बैशाख २०८२, आईतवार १७:४०

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले पटक–पटक भएको सङ्घर्षबाट प्राप्त संवैधानिक अधिकारको रक्षाको निम्ति सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा दलीय आधारमा सम्बोधन गर्ने क्रममा श्रेष्ठले ठूलो सङ्घर्षबाट प्राप्त अधिकारको रक्षा गर्दै त्यसको कार्यान्वयनको निम्ति पनि गणतन्त्रवादी शक्तिहरु एकीकृत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पछिल्लो समय देशको परिस्थिति अत्यन्त गम्भीर र जटिल मोडमा पुगेको उल्लेख गर्दै उहाँले नेपालको सङ्घीय लोकतान्त्रिक, समानुपातिक समावेशी र धर्मनिरपेक्षतालगायत प्राप्त अधिकार जोगाउनु अहिलेको मुख्य चुनौती रेहको बताउनुभयो । उहाँले देशको अहिलेको मुख्य विषय सामाजिक र आर्थिक रुपान्तरण भएको उल्लेख गर्दै राजनीतिक उपलब्धिलाई सामाजिक र आर्थिक क्षेत्रमा विस्तारित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सांसद श्रेष्ठले भन्नुभयो, “हामीले राजनीतिक परिवर्तन गरेका छौँ, तर जनताका शिक्षा, स्वास्थ्य, रोजगारको समस्या समाधान गर्न सकेका छैनौँ, जनताले पाउनुपर्ने न्यूनतम सेवा दिन सक्नुपर्छ ।” प्राप्त उपलब्धिलाई ठीक ढङ्गबाट जनतासमामु प¥याउनुपर्ने बताउँदै उहाँले दलहरुले एकता गर्दै समन्वय र सहमति गरेर देशको पक्षमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाली जनताले चाहेको र आजको आवश्यकताको स्तरको सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्रताका साथ फड्कोमा पु¥याउन नसकेको यर्थात हो, यो कुरालाई हामीले स्वीकार गर्नुपर्छ ।” शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुमा जोड दिँदै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का