१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध कारोबारमा २१ जना पक्राउ

१६ बैशाख २०८२, मंगलवार ११:०७

काठमाडौँ | नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ । आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले रु १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिनुभयो । सो समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेटका नाममा नेपालमा रहेका विभिन्न बैंक खातामा जम्मा गराउने गरेका पाइएको उहाँले बताउनुभयो ।

प्रवक्ता शाहीका अनुसार ब्यूरोले विरेन्द्रप्रसाद साह, दिपेन्द्रप्रसाद साह, श्रवणकुमार साह, तारालाल यादव, हरेराम महतो, निरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, प्रदीपकुमार साह, सञ्जिवकुमार महतो, राजकमल लोनिया, भीमकुमारी गुरुङ, रामविलास साह तेली, ममताकुमारी साह, विकर्णजङ्ग राणा, गणपति पाण्डे, सलमा खातुन, सुशिलाकुमारी साहू, गोविन्दप्रसाद आचार्य र सम्भु मेहतालाई पक्राउ गरेको हो ।

उनीहरूले अवैध कारोबार गरेको र नेपाल राष्ट्र बैंक ऐन विपरितको गतिविधि गरेको पाइएकाले थप कारबाही अगाडि बढाइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का