१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीलाई प्राथमिकतामा राखेर बजेट ल्याउन माग

१६ बैशाख २०८२, मंगलवार १४:२४

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) की सांसद विनिता कठायतले कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याउन माग गर्नुभएको छ ।

सांसद कठायतले कम्तीमा कुल पुँजीगत बजेटको १५ प्रतिशत कर्णालीका सडक, यातायात, शिक्षा, स्वास्थ्य तथा रोजगारमा विनियोजन गरिनुपर्ने बताउनुभयो । बैठकको विशेष समयमा उहाँले भन्नुभयो, “कर्णालीलाई बजेट र स्रोतविहीन पार्ने काम भएको छ । राज्यका निकायमा कर्णालीका नागरिकको नियुक्ति खोइ ? कर्णालीमैत्री नीति तथा कानुन निर्माण आवश्यक छ ।”

सांसद महेन्द्र राय यादवले शिक्षकहरुका मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “आन्दोलनले विद्यार्थीको पढाइ प्रभावित बनेको छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्छ ।” कवाडी व्यवसायमा संलग्नको रोजगारी र शान्ति सुरक्षाको ‘ग्यारेन्टी’ हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का