२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह

२०८२, १६ बैशाख मंगलवार १४:५०

काठमाडौँ | सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिनुभयो ।

“उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ । विद्युत् उत्पादन बढाउन स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जरुरी छ”, उहाँले भन्नुभयो–“हालसम्म भएको सम्झौताअनुसार १० हजार मेगावट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको छ । यसबाहेकको विद्युत् कहाँ निर्यात गर्ने भन्नेबारे सदनलाई जानकारी गराउनुपर्छ ।”

सांसद मेटमणि चैधरी र वीरेन्द्रप्रसाद महतोले विगतमा शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभयो । लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन झन्झटिला प्रावधान हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद रामप्रकाश चौधरीले जनकपुर र वीरगञ्जको बीचमा नदीमा पुल बनाउन बजेट अभाव भएकाले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राख्न सरकारसँग माग गर्नुभयो ।

सांसद पे्रम सुवालले शिक्षकहरुसँग सम्झौता गर्ने तर कार्यान्वयन नहुँदा समस्या भएको बताउनुभयो । “सम्झौता गर्दा मुलुकलाई पर्ने आर्थिक भारबारे पहिला नै ख्याल गर्नुपर्छ”, उहाँले भन्नुभयो । सहकारी पीडितका समस्या समाधान गर्न समेत सांसद सुवालले माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला