काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदिप नेपालको निधनप्रति दुख व्यक्त गरेका छन् । नेपालको आजै नर्भिक अस्पतालमा निधन भएको थियो ।
उनले भने ‘नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा वौद्धिक व्यक्तित्व कमरेड प्रदीप नेपालको दुःखद निधनले मर्माहित भएको छु । निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा उहाँको योगदान अविस्मरणीय रहनेछ । वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’