2026-07-25 09:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न माग

काठमाडौँ | भारत र चीनलाई जोड्ने महाकाली कोरिडोरलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्न सांसदहरुले माग गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको जारी छलफलमा सांसद दिलेन्द्रप्रसाद बडूले गौरवको योजनामा महाकाली कोरिडोर छुटेको, यसले भारत र चीनलाई पनि जोड्ने भएकाले यसलाई नीति तथा कार्यक्रममा राखिनुपर्ने बताउनुभयो । यो योजनालाई राष्ट्रिय गौरवको योजनामा समावेश गर्न पनि उहाँले माग गर्नुभयो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा फजुल खर्च रोक्ने भनी राखिएकामा विगत वर्षमा पनि राखिएका यही कार्यक्रममा कति प्रगति भयो भन्ने समीक्षा गर्नुपर्ने सांसद बडूले बताउनुभयो । प्रसारण लाइनमा निजी क्षेत्रलाई समावेश गराउने र प्रसारण लाइनको दूरी छोट्याउने नीति पनि बनाउन उहाँले सुझाव दिनुभयो ।

सांसद रेखा यादवले युवा रोजगार कार्यक्रम विगतदेखि नै आए पनि कार्यान्वयन हुन नसक्दा युवा विदेशिनु परेको, महिला घरेलु श्रमिकको अवस्थाका बारेमा नीति तथा कार्यक्रम नबोलेको बताउनुुुुभयो ।

सांसद लालप्रसाद साँवा लिम्बूले तीन हजार २०० मेगावाट विद्युत् उत्पादन हुनसक्ने भएकाले निजी क्षेत्रलाई सहभागी गराउने नीति राम्रो भएको बताउनुभयो । वैदेशिक रोजगारमा जाने युवालाई सस्तो, सहज र सुलभरुपमा पठाउनुपर्ने उहाँले बताउनुभयो । मलेसिया पठाउने बिचौलिया लागिपरेकाले त्यसलाई रोक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सांसद गङ्गा कार्कीले आर्थिक द्रुतगतिको कारक बनेको भ्रष्टाचार न्यूनीकरण गर्ने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिनुपर्ने बताउनुभयो । तीन सयभन्दा धेरै सहकारी ठगीमा कति जनालाई कारबाही भयो भनी सरकारले समीक्षा गर्नुपर्नु उहाँको विचार थियो ।

सांसद रामकृष्ण यादवले वर्तमान सरकार गठनका बेला नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सहमतिका सात बुँदा पनि नीति तथा कार्यक्रममा आउनुपर्ने बताउनुभयो । खेतबारीमा बाँदर, हात्तीलगायत जङ्गली जनावरले दुःख दिइरहेकाले त्यसबाट किसानलाई मुक्ति दिने कार्यक्रम आउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

हुलाकी राजमार्ग बजेट अभावले पूरा हुन नसकेकाले यसतर्फ ध्यान दिन पनि उहाँले अनुरोध गर्नुभयो । सोह्र वर्षदेखि सडक नबन्दा अस्तव्यस्त भएर नागरिकले दुःख पाएको उहाँले
बताउनुभयो । नीति र कार्यक्रममा उल्लेख भएका विषयलाई कार्यान्वयन गर्ने गरी कार्ययोजना बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक