२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फास्ट ट्र्याक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख

२०८२, २४ बैशाख बुधबार १७:१२

काठमाडौँ | रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानोन्मुख भइरहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले रणनीतिक महत्त्वको सो आयोजना निर्धारित समयमा समाधान गर्न सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

“द्रूतमार्गअन्तर्गत खोकना क्षेत्रमा मुख्य समस्या छँदैछ, तर त्यो खोकना क्षेत्रभित्र पनि क्रमशः प्रगति हुन थालेको छ”, काठमाडौँतर्फको प्रस्थान विन्दुमा देखिएको समस्या समाधानको प्रयासबारे जानकारी दिँदै मन्त्री राईले भन्नुभयो, “काठमाडौँ उपत्यकाबाहिरका समस्या समाधानको अन्तिम चरणमा पुगेका छन् । यसआधारमा द्रूतमार्गमा क्रमशः प्रगति हुँदै आएको छ ।”

द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँ उपत्यका बाहिरका जग्गाको मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले त्यससम्बन्धी निर्णय भइसकेपछि उपत्यका बाहिर द्रूतमार्गको जमिनको कुनै समस्या नहुने स्पष्ट पार्नुभयो ।

द्रूतमार्गको प्याकेज नं ११ अन्तर्गत खोकना इलाकामा जग्गा अधिग्रहण, सुरु विन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न मुआब्जा वितरण, सम्भावित विकल्पको डिजाइन निर्माण तथा विस्तृत सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन तयार गरी निर्णयका लागि पेस भएको मन्त्रालयले जनाएको छ ।

सेनाको जिम्मेवारीमा रहेको खाँदबारी–किमाथाङ्का सडकको ‘ट्र्याक’ खनिसकिएको जानकारी दिँदै मन्त्री राईले चिनियाँ सहयोगमा उक्त सडक स्तरोन्नति हुने बताउनुभयो । दार्चुला–टिङ्कर खण्डअन्तर्गत छान्ग्रुमा हेलिकोप्टरमार्फत ‘स्काइभेटर’ पु¥याएर दार्चुला सदरमुकाम र चीनको सीमा क्षेत्रसम्म पुग्ने सडकको ट्रयाक खन्न सुरु हुने उहाँको भनाइ छ ।

विश्व शान्ति स्थापनामा नेपाली सेनाको योगदानका बारेमा विश्वभरबाट प्रशंसा भइरहेको जनाउँदै उहाँले विपद्मा उद्धार र राहतसँगै विकास निर्माणमा सेना क्रियाशील रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले रक्षा मन्त्रालयअन्तर्गतका आयोजनामा देखिएका समस्यालाई सरलीकृत गरेर लैजानुपर्नेमा जोड दिँदै समस्यालाई थप जटिलता हुन नदिने गरी काम गर्न आग्रह गर्नुभयो । मन्त्रालयसँग सहकार्य गर्न आयोग सदैव तत्पर रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सँगसँगै जाऔँ, काम गरौँ, केही समस्या छन् भने समाधानका लागि आयोग तयार छ ।”

प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो समय द्रूतमार्ग निर्माण तीव्र गतिमा अघि बढेको र उपलब्धि सन्तोषजनक रहेको जानकारी दिनुभयो । “केही प्याकेजमा कालोपत्रको अवस्थामा पुगेका छौँ, कुनै प्याकेजमा पुल वारपार गर्न सकिने अवस्थामा पुग्दैछन्”, उहाँले भन्नुभयो ।

समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, विभिन्न मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, राष्ट्रिय योजना अयोगका प्रतिनिधिका साथै नेपाली सेनाअन्तर्गत विभिन्न विकास आयोजना तथा विभागीय प्रमुख सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला