१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘फास्ट ट्र्याक’अन्तर्गत खोकना क्षेत्रका समस्या समाधानोन्मुख

२४ बैशाख २०८२, बुधबार १७:१२

काठमाडौँ | रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानोन्मुख भइरहेको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले रणनीतिक महत्त्वको सो आयोजना निर्धारित समयमा समाधान गर्न सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

“द्रूतमार्गअन्तर्गत खोकना क्षेत्रमा मुख्य समस्या छँदैछ, तर त्यो खोकना क्षेत्रभित्र पनि क्रमशः प्रगति हुन थालेको छ”, काठमाडौँतर्फको प्रस्थान विन्दुमा देखिएको समस्या समाधानको प्रयासबारे जानकारी दिँदै मन्त्री राईले भन्नुभयो, “काठमाडौँ उपत्यकाबाहिरका समस्या समाधानको अन्तिम चरणमा पुगेका छन् । यसआधारमा द्रूतमार्गमा क्रमशः प्रगति हुँदै आएको छ ।”

द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँ उपत्यका बाहिरका जग्गाको मुआब्जा दिने काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले त्यससम्बन्धी निर्णय भइसकेपछि उपत्यका बाहिर द्रूतमार्गको जमिनको कुनै समस्या नहुने स्पष्ट पार्नुभयो ।

द्रूतमार्गको प्याकेज नं ११ अन्तर्गत खोकना इलाकामा जग्गा अधिग्रहण, सुरु विन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न मुआब्जा वितरण, सम्भावित विकल्पको डिजाइन निर्माण तथा विस्तृत सम्भाव्यता अध्ययनसम्बन्धी प्रतिवेदन तयार गरी निर्णयका लागि पेस भएको मन्त्रालयले जनाएको छ ।

सेनाको जिम्मेवारीमा रहेको खाँदबारी–किमाथाङ्का सडकको ‘ट्र्याक’ खनिसकिएको जानकारी दिँदै मन्त्री राईले चिनियाँ सहयोगमा उक्त सडक स्तरोन्नति हुने बताउनुभयो । दार्चुला–टिङ्कर खण्डअन्तर्गत छान्ग्रुमा हेलिकोप्टरमार्फत ‘स्काइभेटर’ पु¥याएर दार्चुला सदरमुकाम र चीनको सीमा क्षेत्रसम्म पुग्ने सडकको ट्रयाक खन्न सुरु हुने उहाँको भनाइ छ ।

विश्व शान्ति स्थापनामा नेपाली सेनाको योगदानका बारेमा विश्वभरबाट प्रशंसा भइरहेको जनाउँदै उहाँले विपद्मा उद्धार र राहतसँगै विकास निर्माणमा सेना क्रियाशील रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले रक्षा मन्त्रालयअन्तर्गतका आयोजनामा देखिएका समस्यालाई सरलीकृत गरेर लैजानुपर्नेमा जोड दिँदै समस्यालाई थप जटिलता हुन नदिने गरी काम गर्न आग्रह गर्नुभयो । मन्त्रालयसँग सहकार्य गर्न आयोग सदैव तत्पर रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सँगसँगै जाऔँ, काम गरौँ, केही समस्या छन् भने समाधानका लागि आयोग तयार छ ।”

प्रधान सेनापति अशोकराज सिग्देलले पछिल्लो समय द्रूतमार्ग निर्माण तीव्र गतिमा अघि बढेको र उपलब्धि सन्तोषजनक रहेको जानकारी दिनुभयो । “केही प्याकेजमा कालोपत्रको अवस्थामा पुगेका छौँ, कुनै प्याकेजमा पुल वारपार गर्न सकिने अवस्थामा पुग्दैछन्”, उहाँले भन्नुभयो ।

समीक्षा बैठकमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, विभिन्न मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, राष्ट्रिय योजना अयोगका प्रतिनिधिका साथै नेपाली सेनाअन्तर्गत विभिन्न विकास आयोजना तथा विभागीय प्रमुख सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल