2026-07-25 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिकः सांसदहरु

काठमाडौँ | सांसदहरुले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासका लागि नीति तथा कार्यक्रम सान्दर्भिक र समयसापेक्ष भएको बताउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आगामी आर्थिक वर्ष २०८२÷८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा भाग लिँदै सांसदहरुले राजनीतिक स्थायित्व र नीतिगत स्थिरताका लागि दलहरुबीच सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का सांसद एकनाथ ढकालले नीति तथा कार्यक्रमले सुशासन प्रवर्द्धन र अर्थतन्त्रको विकासलाई जोड दिएको बताउनुभयो । उहाँले नीतिगत स्थायित्व, सुशासन, अर्थतन्त्रलाई अगाडि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादकत्व बढाउने, सामाजिक न्यायको प्रत्याभूति गर्दै मानवअधिकारको सम्मान तथा सङ्क्रमणकालीन न्यायको कामलाई तार्किक निष्कर्षमा पु-याउने जस्ता विषय सकारात्मक रहेको बताउनुभयो ।

एमालेकै हेमराज राईले देशमा राजनीतिक स्थिरता कायम गर्दै सुस्त अवस्थामा रहेको मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनेखालका विषयवस्तु समेटिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालले राजनीतिक र नीतिगत स्थिरता खोजेको छ । आपसी संवाद र सहकार्यमार्फत राजनीतिक स्थायित्वलाई निरन्तरता दिनुपर्छ ।”

एमालेकै इश्वरी घर्तीले सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको नीति तथा कार्यक्रम सटिक र कार्यान्वयनमुखी रहेको उल्लेख गर्नुभयो । सरकारले नारा हैन सजिलै कार्यान्वयन गर्ने विषयलाई समेटेकाले गरिबी न्यूनीकरण, सामाजिक न्याय आदि विषयमा बजेटको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सांसद हृदयराम थानीले सरकारको वार्षिक नीति तथा कार्यक्रम समग्रमा राम्रो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रममा नयाँ नारा र घोषणाको चाङ देखिँदैन । फजुल खर्च रोक्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, कृषि उत्पादन प्रवर्द्धन, सगरमाथा संवादजस्ता विषय सकारात्मक छन् ।”

काँग्रेसकै कुसुनदेवी थापाले नीति तथा कार्यक्रममा निवार्हमुखी कृषिलाई आधुनिकीकरण गरी व्यवसायमुखी बनाउन जरुरी भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई निरन्तरता दिएर कृषि उत्पादन प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने खाँचो औंँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली