५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समसामयिक विषयमा सांसदहरुद्वारा ध्यानाकर्षण

२५ बैशाख २०८२, बिहीबार १३:२१

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसदहरुले विभिन्न समसामियक विषयमा आफ्ना धारणा राख्नुभएको छ ।

सांसद भगवती चौधरीले सुनसरीको गढी गाउँपालिका पर्यटनको राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले यथेष्ट बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । सांसद भानुभक्त जोशीले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका सबै संरचना तयार भइसकेकाले छिटो विधेयक पारित गर्नुपर्ने बताउनुभयो ।

सांसद भीमप्रसाद आचार्यले तिलौराकोट उत्खनन् र पुनःनिर्माणको पखाइमा रहेकाले सरकारी पहल बढाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद मनिष झाले जनकपुरधाममा परिकल्पना गरिएको अन्तरराष्ट्रिय रङ्गशालाको निर्माणकार्य ढिलो भएकाले यथासक्य छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका र सामसी गाउँपालिका खडेरीको चपेटामा परेको उल्लेख गर्दै त्यहाँ सिँचाइ व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गर्न सांसद महेन्द्रकुमार रायले ध्यानाकर्षण गराउनुभयो ।

त्यसैगरी सांसद महेशकुमार बर्तौला नेपालमा पनि स्मार्ट सार्वजनिक यातायातको रूपमा ‘पोडवे’ सञ्चालन गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँले हेटौँडा–काठमाडौँको बन्द भएको ‘रोपवे’कै संरचनालाई आधारमान्दै त्यसलाई विशेष प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद महेश बस्नेतले मुलुकको पहाडी जिल्लाको सुख्खाग्रस्त विभिन्न स्थानमा लिफ्ट खानेपानी प्रणाली सञ्चालन भएपनि यसको विद्युत महसुल महङ्गो भएकाले खानेपानी प्रयोगको हकमा विद्युत् महसुल कम गर्नुपर्ने बताउनुभयो ।

सांसद माधव सापकोटाले धान रोप्ने तयारी भएको समयमा किसानले पर्याप्त मल नपाएको भन्दै मलको व्यवस्था गर्न अनुरोध गर्नुभयो । उहाँले किसानले बेचेको दूधको पैसा डिडिसीले छ महिनादेखि नदिएकाले तत्काल किसानलाई भुक्तानी दिइयोस् भन्नुभयो ।

सांसल मीना तामाङ र मुक्ताकुमारी यादवले भारत र पाकिस्तानबीच तनावको स्थिति सिर्जना भएको र त्यसको प्रभाव नेपाललाई पनि पर्नसक्ने भएको चर्चा गर्र्दै आफ्ना नागरिकको जिउज्यानको सुरक्षाका पक्षमा आपसी सहमतिका साथ सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सांसद मेनकाकुमारी पोखरेलले लागुऔषध कारोबारमा युवाको बढी संलग्नता पाइएकाले त्यसतर्फ बेलैमा ध्यान अनुरोध गर्नुभयो । सांसद रञ्जुकुमारी झाले आउँदो बजेटमा बालबालिकाको लागि पोषणभत्ता बढाउनुपर्ने माग गर्नुभयो ।

शून्य समयमा सांसद रणकुमारी बलम्पाकी मगर, रणेन्द्र बराली, योगेन्द्र मण्डल, राजेन्द्रकुमार राई, मनबहादुर गुरुङ र रमा कोइराला पौड्यालले विभिन्न समसामयिक विषय सदनको ध्यानाकर्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता