४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन

२६ बैशाख २०८२, शुक्रबार १८:०९

काठमाडौँ | दुबईमा उत्पादित घरायसी विद्युतीय सामग्रीको आधिकारिक बिक्री नेपालमा सुरू भएको छ । नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरूआत गरेको हो । यो ब्राण्ड दक्षिण एसियामा पहिलोपटक नेपाल भित्रिएको कम्पनीले उल्लेख गरेको छ ।

नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले काठमाडौँ बत्तीसपुतलीमा सुरू भएको बिक्रीकक्षको आज उद्घाटन गर्दै नेपाली उपभोक्तामाझ दुबईको घरायसी विद्युतीय सामग्री भित्रिएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले घरायसी इलेक्ट्रोनिक्स एप्लायन्सको गुणस्तर सुनिश्चित र उपभोक्ताको पहुँच अभिवृद्धि गर्न कम्पनीले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

काठमाडौँमा मुख्य ‘बिक्री कक्ष’ र विराटनगरमा शाखा खोलिएको कम्पनीले जनाइएको छ । विशेषगरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट–इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ । यो ब्राण्ड २६ भन्दा बढी देशहरूमा विस्तार भएको छ । उपभोक्तालाई गुणस्तर र भरपर्दो सेवामा नयाँ मापदण्ड स्थापित गर्दै आएको कम्पनीको दाबी छ ।

उपभोक्ताको सन्तुष्टिका लागि गुणस्तरीय र भरपर्दो सेवा दिने उद्देश्यले नोबेल ब्राण्ड नेपाल भित्र्याइएको कम्पनीका महाप्रबन्धक सञ्जिता कार्कीले बताउनुभयो । “हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेसमार्फत जीवनलाई सहज बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो, “हाम्रो उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पूरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्छ ।”

यो ब्राण्डले युरो, चीन, भारत, टर्कीलगायतका विश्वका उत्कृष्ट कारखानाबाट सामग्री सङ्कलन गरेर भरपर्दो र अत्याधुनिक उत्पादनहरू बजारमा पुर्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नोबेलले आफ्ना सम्पूर्ण उत्पादनहरूमा विशेष प्रारम्भिक अवसरहरू दिएको जनाएको छ । नोबेलका रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिस्नर, माइक्रोवेभ, टिभी, आइरनलगायत उत्पादन रहेका छन् । सबै प्रकारका उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ