2026-09-14 02:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयमा सिर्फ झन्डा हालेर बस्ने हो कि जनताका लागि काम गर्ने हो: सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा गएका नागरिकको हकहितनिम्ति काम गर्न नसकेको आरोप लगाएका छन् । आइतबार (वैशाख २८) प्रतिनिधिसभा बैठकमा उनले श्रम मन्त्रालयको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

नेपालको समग्र अर्थतन्त्र विदेशबाट पठाएको रेमिटले चलिरहेको भए पनि सरकारले वैदेशिक रोजगारमा रहेका नागरिकको श्रमको सम्मान गर्न नसकेको उनले आरोप लगाए । उनले प्रधानमन्त्री, मन्त्री, सांसदहरूको तलबभत्ता विदेशबाट पठाइएको रेमिट्यान्सले धानेको जिकिर गरे ।

उनले भने, “आज हामी सांसदहरू, प्रधानमन्त्री, मन्त्री, यहाँको कर्मचारी सबै मानिसहरूको तलब र भत्ता यही विदेशबाट पठाइएको रेमिटले धानेको छ । हामीले नुनको सोझो गर्नुपर्छ कि पर्दैन ?”

वैदेशिक रोजगारीका नाममा अझै लाखौँ मानिस दलालबाट ठगिएको उनको भनाइ थियो । “आज लाखौँ नेपाली नागरिकहरू दलालको ठगीमा परेर घरबारविहीन भएका छन् । तर, श्रम मन्त्रालयमा सिर्फ झन्डा हालेर बस्ने हो कि मन्त्रीले जनताका लागि काम गर्ने हो ? यदि, त्यो मन्त्रालयले जनताका लागि काम गर्दैन भने त्यो मन्त्रालयको कुनै पनि काम छैन,” उनले भने ।

वैदेशिक रोजगारमा गएर अलपत्र परेका नागरिकको उद्धारनिम्ति परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक पहल गर्न नसकेको आरोप पनि उनले लगाए । “अहिले पनि नेपाली अलपत्र परेका छन् । परराष्ट्र मन्त्रालयले कुनै पनि कूटनीति गाँसेको छैन,” उनले भने, “जहाँ गए पनि नेपाली नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ, सभामुख महोदय ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ