४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्कृष्ट सात विद्यालय तथा सामुदायिक नर्स सम्मानित

१ जेष्ठ २०८२, बुधबार १२:०८

काठमाडौँ | समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा उत्कृष्ट योगदान पु¥याएबापत विभिन्न पालिका एवं विद्यालयमा सेवारत सात जना विद्यालय तथा सामुदायिक नर्स सम्मानित भएका छन् ।

अन्तरराष्ट्रिय नर्सिङ दिवस–२०२५ का अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाद्वारा आयोजित कार्यक्रममा यसरी सम्मानित हुनुहुनेमा चन्द्रागिरि नगरपालिका–१५ मा सेवारत सामुदायिक स्वास्थ्य नर्स पार्वती पङ्गेनी पौडेल, बर्दिवास नगरपालिका–१४ मा सेवारत सामुदायिक नर्स अनिसा थापा, वालिङ नगरपालिका–१ मा सेवारत सामुदायिक स्वास्थ्य नर्स सृष्टि मल्ल हुनुहुन्छ ।

यसैगरी तिलोत्तमा नगरपालिकास्थित गौतमबुद्ध उच्च माविमा सेवारत नर्स मुना ज्ञवाली, गोरखा नगरपालिकास्थित गोरखा माविमा सेवारत नर्स ममता लामिछाने, रोशी गाउँपालिकास्थित रोशी माविका सेवारत नर्स विमला हायु र काठमाडौँ महानगरपालिका रत्नराज्य उच्च माध्यमिक विद्यालयमा सेवारत विद्यालय नर्स सविता रेग्मी हुनुहुन्छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टङ्क बाराकोटी, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हीराकुमारी निरौलाले उहाँहरुलाई दोसल्ला ओढाइ सम्मान गर्दै समुदाय तथा विद्यार्थीहरुको स्वास्थ्य प्रवद्र्धनमा विद्यालय तथा सामुदायिक नर्सको भूमिकाले सकारात्मक नतिजा ल्याएको बताउनुभयो ।

चन्द्रागिरि नगरपालिका, जनस्वास्थ्य शाखामा कार्यरत वरिष्ठ नर्सिङ अधिकृत विष्णुमाया रिजालले चन्द्रागिरि नगरपालिकाभित्र १५ जना विद्यालय तथा सामुदायिक नर्स कार्यरत रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ चन्द्रागिरि नगरपालिकाका विद्यालय तथा सामुदायिक नर्सले स्वास्थ्य प्रवद्र्धनमा उल्लेखनीय काम गरेका छन् । यसमा नगरपालिका सम्मानित हुनु गौरवको कुरा हो । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’