२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

२०८२, १ जेष्ठ बुधबार १३:०६

काठमाडौँ | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार र सामाजिक परिचालनसम्बधी सञ्चालन गरेको ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने निर्णय गरेको छ ।

पार्टी पदाधिकारीको मङ्गलबारको बैठकले दलको प्रथम महाधिवेशनपछि उठाइएको वैकल्पिक राजनीतिक एजेण्डाप्रति जनसमर्थन विस्तार हुँदै गइरहेको ठहर गर्दै देशव्यापी सङ्गठन निर्माण र विस्तारलाई तीव्र तुल्याउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष डा बाबुराम भट्टराईले मुलुक ढिलोचाँडो वैकल्पिक राजनीतिको स्पष्ट मार्गचित्रमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नयाँ विचार र राजनीतिको माध्यमबाट जनतामाझ पुग्न सबै पदाधिकारीहरूलाई आह्वान गर्नुभएको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकले विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरूसँग सहकार्य गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सम्मिलित राजनीतिक संवाद समिति गठन गरेको छ ।

अध्यक्ष डा भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यालय, तीनकुनेमा भएकोे बैठकमा पदाधिकारीहरूले आ–आफ्नो जिम्मेवारी, कार्यक्षेत्र र सङ्गठनात्मक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पार्टी अध्यक्ष डा भट्टराईले भारत प्रवासको अधिवेशनमा हुने क्रममा त्यहाँका शीर्ष राजनीतिक नेतृत्व र कूटनीतिक नियोगका पदाधिकारीसँग गर्नुभएको संवादले दुई देशबीचको सम्बन्ध, आपसी हित र नेपालको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा सकारात्मक भूमिका निर्वाह गरेको ठहर गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

नेसपाले आगामी यही जेठ ३० गते काठमाडौँमा पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने तथा देशभरिका सबै प्रदेश र स्थानीय तहहरूमा वृक्षरोपण, सरसफाइ, श्रमदान, रक्तदान, स्वास्थ्य शिविरलगायत विविध रचनात्मक कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला