४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

१ जेष्ठ २०८२, बुधबार १३:०६

काठमाडौँ | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार र सामाजिक परिचालनसम्बधी सञ्चालन गरेको ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने निर्णय गरेको छ ।

पार्टी पदाधिकारीको मङ्गलबारको बैठकले दलको प्रथम महाधिवेशनपछि उठाइएको वैकल्पिक राजनीतिक एजेण्डाप्रति जनसमर्थन विस्तार हुँदै गइरहेको ठहर गर्दै देशव्यापी सङ्गठन निर्माण र विस्तारलाई तीव्र तुल्याउने निर्णय गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष डा बाबुराम भट्टराईले मुलुक ढिलोचाँडो वैकल्पिक राजनीतिको स्पष्ट मार्गचित्रमा अघि बढ्ने विश्वास व्यक्त गर्दै नयाँ विचार र राजनीतिको माध्यमबाट जनतामाझ पुग्न सबै पदाधिकारीहरूलाई आह्वान गर्नुभएको पनि प्रवक्ता शर्माले बताउनुभयो ।

बैठकले विचार मिल्ने वैकल्पिक, नयाँ र अग्रगामी शक्तिहरूसँग सहकार्य गर्न उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा उपाध्यक्ष मानुषी यमी भट्टराई, महासचिव सोनाम सिङ स्याङ्तान र जीएस गुरुङ सम्मिलित राजनीतिक संवाद समिति गठन गरेको छ ।

अध्यक्ष डा भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यालय, तीनकुनेमा भएकोे बैठकमा पदाधिकारीहरूले आ–आफ्नो जिम्मेवारी, कार्यक्षेत्र र सङ्गठनात्मक गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पार्टी अध्यक्ष डा भट्टराईले भारत प्रवासको अधिवेशनमा हुने क्रममा त्यहाँका शीर्ष राजनीतिक नेतृत्व र कूटनीतिक नियोगका पदाधिकारीसँग गर्नुभएको संवादले दुई देशबीचको सम्बन्ध, आपसी हित र नेपालको लोकतान्त्रिक प्रणालीको सुदृढीकरणमा सकारात्मक भूमिका निर्वाह गरेको ठहर गरिएको प्रवक्ता शर्माले बताउनुभयो ।

नेसपाले आगामी यही जेठ ३० गते काठमाडौँमा पार्टी स्थापना दिवस भव्य रूपमा मनाउने तथा देशभरिका सबै प्रदेश र स्थानीय तहहरूमा वृक्षरोपण, सरसफाइ, श्रमदान, रक्तदान, स्वास्थ्य शिविरलगायत विविध रचनात्मक कार्यक्रम आयोजना गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’