काठमाडौँ । गर्भनर नियुक्तिको विषय गिजोलिँदा राष्ट्रको बदनामा भएको आरोप प्रतिपक्षी दलका सांसदहरूले लगाउन थालेका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले दुई तिहाइको सरकारले सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा गभर्नर नियुक्ति हुन नसकेको र यस विषयले राष्ट्रको बदनाम भएको बताइन् । सांसद शर्माले दुई तिहाइ मत भएको सरकारले गभर्नर नियुक्ति गर्न नसक्नुको कारण के हो भन्ने प्रश्न गरिन् ।
‘सत्तारुढ दलहरूको स्वार्थ नमिल्दा राष्ट्र बैङ्क नेतृत्वविहीन भएको लामो समयसम्म पनि गभर्नर नियुक्त हुन सकेको छैन । यसले मुलुकको बेइज्जत भयो,’ उनले भनिन् ।