३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान भएका समुदायका आवाज उठान गर्न माग

१ जेष्ठ २०८२, बुधबार १३:३६

काठमाडौँ | वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आसन्न सगरमाथा संवादमा विदेशी पाहुनाका साथै मुलुकभित्रबाट सबै समावेशी प्रतिनिधित्व हुने गरी व्यवस्था गरिएको बताउनुभएको छ ।

आदिवासी जनजाति महिला युवा सञ्जालले आज यहाँ आयोजना गरेको सगरमाथा संवादको ‘प्रि संवाद’ कार्यक्रममा उहाँले जलवायु परिवर्तनको असरबाट प्रभावित समुदायका मुद्दामा छलफल हुने उल्लेख गर्नुभयो ।

मन्त्री शाहीले भन्नुभयो, “प्रकृतिको समिपमा रहने समुदाय जलवायुबाट बढी प्रभावित भएको महसुस भएको विषय हो, त्यसलाई सम्बोधन गर्न सरकारले नीतिगत व्यवस्था गरेको छ ।”

कार्यक्रममा प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले नेपाल जलवायुका असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको उल्लेख गर्दै समाधानका लागि विश्व मञ्चमा सशक्त रुपमा आवाज उठाउनुपर्ने बताउनुभयो । साथै उहाँँले प्रकृति संरक्षणमा महत्वपूर्ण योगदान भएका समुदायका आवाज प्राथमिकता साथ सगरमाथा संवादमा उठाउन सुझाव दिनुभयो ।

सञ्जालका अध्यक्ष रिसा श्रेष्ठले जलवायु परिवर्तनका असरबाट प्रकृतिसँग प्रत्यक्ष जोडिएका आदिवासी जनजाति समुदाय बढी प्रभावित भएको उल्लेख गर्दै उनीहरुका समस्या सम्बोधनमा सरकार संवेदनशील हुनुपर्ने बताउनुभएको थियो । मन्त्रालयका उपसचिव प्रकाशसिंह थापा सगरमाथा संवादको तयारी बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट