३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संरचनात्मक सुधारमा सरकार कठोर होस्, प्रमुख प्रतिपक्षी दलको समर्थन रहन्छ : पूर्वअर्थमन्त्री शर्मा

१ जेष्ठ २०८२, बुधबार १३:४८

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले चालु खर्च घटाउँदै संरचनात्मक सुधारमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आव २०८२÷०८३ को लागि विनियोजन विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिँदै उहाँले अर्थतन्त्रको संरचनात्मक पुनःसंरचनामा जोड दिनुभयो ।

“जनअपेक्षा पूरा गर्ने स्रोत हामीसँग छैन, त्यो स्रोत कहाँबाट ल्याउने ? बजेटको ६५ प्रतिशत चालु खर्च जाने गरेको छ । बाँकी पूँजीगत खर्च हो, त्यो पनि खर्च हुँदैन, चालु खर्चलाई ३५ प्रतिशतमा झार्ने गरी आओस् हाम्रो समर्थन हुन्छ”, पूर्वअर्थमन्त्री शर्माले भन्नुभयो, “त्यसका लागि संरचनागत पुनःसंरचना आवश्यक छ । राजनीतिक र प्रशासनिक खर्च घटाउनुपर्छ ।”

मुलुकले आर्थिक पुनःसंरचना खोजिरहेको उल्लेख गर्दै नेता शर्माले त्यसका लागि राष्ट्रिय वहस र राष्ट्रिय सहमति आवश्यक भएको बताउनुभयो । “विनियोजित बजेटबाट परिणाम हासिल गर्न संरचनागत सुधार बाधक बनिरहेको छ”, उहाँले भन्नुभयो, “संरचनागत सुधारमा सरकार कठोर ढङ्गबाट प्रस्तुत होस्, यसमा माओवादीको समर्थन हुन्छ ।”

बजेट आम्दानी र खर्चको फाँटबारी मात्रै नभएर देशको समृद्धि, सामाजिक न्याय, असमानता अन्त्य गर्ने दस्तावेजका रुपमा प्रस्तुत हुनुपर्नेमा उहाँको जोड छ । मुलुकका विभिन्न भागमा भूकम्पबाट भएको क्षतिको पुननिर्माणका लागि बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिँदै उहाँले जनजीविकाका सबाल सम्बोधन गर्ने र व्याप्त निराशा चिर्ने गरी अघि बढ्न सरकारलाई आग्रह गर्नुभयो ।

पूर्वअर्थमन्त्री शर्माले डिजिटल शैक्षिक प्रणाली, स्वास्थ्य बीमाको आकार र दायरा वृद्धि, सातै प्रदेशमा एक÷एक लाखलाई उन्नत तालिम प्रदान, कृषिमा लगानी वृद्धि गरी रोजगारी सिर्जना, खानेपानी र ग्रामीण सडकको जिम्मेवारी समुदायमा हस्तान्तरण गर्न सुझाव दिनुभयो ।

तुलनात्मक लाभका क्षेत्र पहिचान गरेर बजेटमा विशेष व्यवस्था गर्न आग्रह गर्दै उहाँले फलाम उत्खनन् गरेर आत्मनिर्भर हुन सकिने बताउनुभयो । आगामी दशक पानीको बहुआयामिक प्रयोग र जलाशययुक्त आयोजना निर्माणको दशक बनाउन आह्वान गर्दै नेता शर्माले भन्नुभयो, “कर्णाली चिसापानीमा विदेशी ऋण लिऔँ, हुम्ला कर्णाली र मुगु कर्णालीमा विप्रेषण खर्च गरौँ, माथिल्लो अरुणमा जनताको लगानी गरौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा बाढीपहिरोको समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय रास्वपासँग मुलभुत विषयमा फरक छैन, रास्वपा आफ्नो ढंगले जान्छ: प्रचण्ड केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ साइबर अपराध मुद्दामा दुई युट्युबर फरार तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल ‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’ इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा ‘रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ’ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाए नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक ‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने