४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकारको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ’

१ जेष्ठ २०८२, बुधबार १३:५८

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पदम गिरीले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको टिप्पणी गर्नुभएको छ ।

बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक)’ माथिको छलफलका क्रममा पूर्वमन्त्रीसमेत रहनुभएका गिरिले विनियोजित विधेयकले जनतामा आशा जगाए पनि बजेटमार्फत कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता हेर्ने हो भने सरकार साच्चिकै मुलुकको विधमान समस्याप्रति गम्भीर छ भन्ने स्पष्ट हुन्छ । मुलुकमा आज जुन अर्थतन्त्रको अवस्था छ, यो वर्तमान अवस्थाबाट मुलुकलाई कसरी गतिशील बनाउन सकिन्छ भन्नेतर्फ सरकार गम्भीर भएको देखिन्छ ।”

उहाँले नेपाल राष्ट्र बैंकमा रु छ खर्बभन्दा बढी लगानीयोग्य पुँजी भए पनि ऋण चाहियो भनेर कोही माग्न नगएका, चालु आर्थिक वर्षको दश महिना हुँदा पनि एक तिहाइ पुँजीगत खर्च हुन नसकेको अवस्थामा सरकारले गहिरो अध्ययन गरेर अगाडि बढेको उल्लेख गर्नुभयो ।

सांसद गिरीले भन्नुभयो, “आयात प्रत्येक वर्ष वृद्धि भइरहेको छ, व्यापार असन्तुलन बढिरहेको अवस्था छ, गाउँका खेतबारी सबै बाँझा भएका छन्, आफ्नो खेतबारीमा मलजल गर्ने र उत्पादन गर्नेतर्फ कसैको ध्यान गएको छैन, युवाहरू विदेश जाने क्रम बढ्दो छ, यो समस्यालाई सरकारले गहिरो रूपमा अध्ययन गरेपछि समाधानका उपाय पहिल्याएको छ ।”

विगतका सरकारले कनिका छरे जसरी सबैतिर बजेट छर्ने गरेकाले पुँजीगत खर्च न्यून हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । जनतालाई विकासको प्रतिफल दिने, गरिब जनताको जीवनस्तरमा परिर्वतन ल्याउने र मुलुकको आर्थिक र सामाजिक असमानतालाई सरकारले गम्भीरताका साथ मनन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ती विषय समेटिएकाले सरकारको सिद्धान्त र प्राथमिकताले गम्भीरताका साथ आत्मसात् गरेको उहाँको भनाइ छ ।

नेता गिरीले सरकारको प्राथमिकता र सिद्धान्तले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई लाभ र लागतको दृष्टिकोणले अध्ययन गरेर उपयुक्त भएका आयोजनालाई आवश्यक स्रोतको व्यवस्थापनसहित निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’