2026-10-07 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सरकारको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको छ’

काठमाडौँ | प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता पदम गिरीले सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाएको टिप्पणी गर्नुभएको छ ।

बैठकमा ‘आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर बाहेक)’ माथिको छलफलका क्रममा पूर्वमन्त्रीसमेत रहनुभएका गिरिले विनियोजित विधेयकले जनतामा आशा जगाए पनि बजेटमार्फत कार्यान्वयन गर्ने विषय चुनौतीपूर्ण रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता हेर्ने हो भने सरकार साच्चिकै मुलुकको विधमान समस्याप्रति गम्भीर छ भन्ने स्पष्ट हुन्छ । मुलुकमा आज जुन अर्थतन्त्रको अवस्था छ, यो वर्तमान अवस्थाबाट मुलुकलाई कसरी गतिशील बनाउन सकिन्छ भन्नेतर्फ सरकार गम्भीर भएको देखिन्छ ।”

उहाँले नेपाल राष्ट्र बैंकमा रु छ खर्बभन्दा बढी लगानीयोग्य पुँजी भए पनि ऋण चाहियो भनेर कोही माग्न नगएका, चालु आर्थिक वर्षको दश महिना हुँदा पनि एक तिहाइ पुँजीगत खर्च हुन नसकेको अवस्थामा सरकारले गहिरो अध्ययन गरेर अगाडि बढेको उल्लेख गर्नुभयो ।

सांसद गिरीले भन्नुभयो, “आयात प्रत्येक वर्ष वृद्धि भइरहेको छ, व्यापार असन्तुलन बढिरहेको अवस्था छ, गाउँका खेतबारी सबै बाँझा भएका छन्, आफ्नो खेतबारीमा मलजल गर्ने र उत्पादन गर्नेतर्फ कसैको ध्यान गएको छैन, युवाहरू विदेश जाने क्रम बढ्दो छ, यो समस्यालाई सरकारले गहिरो रूपमा अध्ययन गरेपछि समाधानका उपाय पहिल्याएको छ ।”

विगतका सरकारले कनिका छरे जसरी सबैतिर बजेट छर्ने गरेकाले पुँजीगत खर्च न्यून हुने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । जनतालाई विकासको प्रतिफल दिने, गरिब जनताको जीवनस्तरमा परिर्वतन ल्याउने र मुलुकको आर्थिक र सामाजिक असमानतालाई सरकारले गम्भीरताका साथ मनन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ती विषय समेटिएकाले सरकारको सिद्धान्त र प्राथमिकताले गम्भीरताका साथ आत्मसात् गरेको उहाँको भनाइ छ ।

नेता गिरीले सरकारको प्राथमिकता र सिद्धान्तले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई लाभ र लागतको दृष्टिकोणले अध्ययन गरेर उपयुक्त भएका आयोजनालाई आवश्यक स्रोतको व्यवस्थापनसहित निर्धारित समयमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए